३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने

राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निर्णय गरेको छ ।

आज बसेको राप्रपाको आन्दोलन मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको प्रबक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ राप्रपाको आन्दोलन मूल समितिको बैठकले गरेको निर्णय

१) आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न सरकार पूर्णतस् असफल भएको छ। यो केवल सरकारको असफलता मात्रै होइन, विद्यमान राजनीतिक प्रणालीमा रहेको समस्या हो। सरकारहरु परिवर्तन हुँदैमा वा गर्दैमा देश यथास्थितिबाट मुक्त हुन सक्दैन । यो विगत २० वर्षको अभ्यासले पुष्टि गरेको छ। देशले भोग्नुपरेको संकटपूर्ण अवस्था गलत मार्गँचित्रको परिणाम हो। राप्रपाले लामो समयदेखि त्रुटीपूर्ण मार्गचित्रबाट देश अघि बढ्न नसक्ने निश्कर्षसहित श्रृंखलाबद्ध आन्दोलन र संघर्षका कार्यक्रमहरु गरिरहेको र गत वर्ष फागुन ९ गते नेपाल सरकार समक्ष राजसंस्था र हिन्दुराष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकासंग सम्बन्धित ४० बुँदे मागपत्र पेश गरेको थियो। आफ्ना मागहरु पूरा गराउन र एजेण्डाका पक्षमा जनमत सिर्जना गर्न राप्रपाले आन्दोलन, संघर्ष र देशव्यापी प्रदर्शन तथा सभाहरु समेत गरिरहेको छ।

यसक्रममा अब राप्रपा,

क) राप्रपा अब सम्पूर्णरुपले आन्दोलन केन्द्रीत हुनेछ। आजको बैठकमा आन्दोलन मूल समितिको तर्फबाट समितिका सदस्य सचिव, प्रबक्ता ज्ञानेन्द्र शाहीद्वारा प्रस्तुत आन्दोलन सम्बन्धि कार्यक्रम र कार्ययोजना सामान्य परिमार्जन सहित पारित गरिएको छ।

ख) राप्रपाले चैत २६ गते काठमाडौंमा बागमती प्रदेश स्तरीय विशाल आमसभा गर्ने निर्णय गरेको छ। आमसभाका क्रममा व्यापक जनपरिचालन गरिनेछ। सभामा सबैको स्वामित्व बढाउन समान विचार राख्ने दल, अभियान, समुहलाई सहकार्यका लागि राप्रपा आह्वान गर्दछ, साथै आम जनसमुदायमा सहभागीताका लागि हार्दिक अपील गर्दछ।

ग) राप्रपाले २०८२ बैशाख ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलन गर्नेछ ।

घ) समान उद्धेश्य र विचार भएका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति, विभिन्न संघ संगठनहरुसंग सहकार्य, कार्यगत एकता वा मोर्चा गठन गरी आन्दोलनका कार्य अघि बढाइनेछ।

ङ) राजसंस्था तथा हिन्दु राष्ट्र पुनस्स्थापनाका लागि अन्य दल र अभियानहरुबाट आयोजना हुने सबै शान्तिपूर्ण र अहिंसात्मक कार्यक्रममा राप्रपाको सहयोग र समर्थन रहनेछ। साथै राप्रपाले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरुमा पनि सोही बमोजिमको सहयोग लिने र आवश्यकता अनुसार संयुक्त मोर्चा बनाइनेछ ।

२) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई केही समय कार्यकाल बॅाकी छॅदै बदनियतपूर्ण ढंगबाट सरकारले बर्खास्त गर्नु आपत्तिजनक छ।

मोहन कुमार श्रेष्ठ
प्रबक्ता एवं प्रचार विभाग प्रमुख, राप्रपा
१२ चैत २०८१