३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

उपत्यकाका सबै नाकालाई शील गर्नुपर्छ, संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन्छ : मेयर शाक्य

उपत्यकाका सबै नाकालाई शील गर्नुपर्छ, संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन्छ : मेयर शाक्य
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ ।

उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा शील गर्नुपर्ने मेयर शक्यले बताउनुभएको छ । न्यूज एजेन्सी नेपालका संबाददातासँग कुराकानी गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा शील गर्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले नै शील नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना वस्ति छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन । घरधनि एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ । त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका शील गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’ 

उहाँले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बतनाउनु भएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘लकडाउन खोलेको छ । तर सरकारले अहिलेपनि लमो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन् । नदिनु भनेको अहिलेपनि लकडाउन नै हो । लकडाउनको स्वरुप फेरिएको हो । एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ । त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन यहाँ अहिलेपनि समुदायस्तरसम्म धेरै पुगेको छैन् । केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ । त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ । यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ ।’

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपि आउने प्रवृतिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन् । हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं । नाकामा कडाई गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहा लुकिछिपि आउने प्रवृति रहयो ।’ 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुुलुस र नाराजिका कारण जोखिम बढेको बताउनुभयो । उहाँले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरु बन्द गरेका छौं । धर्मशालाहरु बन्द गरेका छौं । विहारहरु बन्द गरेका छौं । मन्दिरहरुमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं । त्यो सँगसँगै विभिन्न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ । यहाँको नाराजुलुस गर्ने पनि रोक्नुपर्छ । यहाँ काठमाडौंमा अनसन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ ।’ 

उहाँले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकात्मक कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो भनाई के हो भने पीसीआर औषधि होइन । पीसीआर भनेको परीक्षण मात्रै हो । परीक्षणले आजको स्थिति मात्रै जनाउँछ त्यसले औषधिको काम गर्दैन । एकपटक पीसीआर परीक्षण गरेपछि फेरी समुदायमा जाँदा त्यसले फेरी संक्रमण फैलिन्न भन्न सकिदैन । मैले आज पनि डाटा लिएको छु थानकोट नाकामा १० हजारको पीसीआर गराएको छ, कति त पीसीआर नगरीकन छिरेका छन् । १० हजार मान्छेको पीसीआर गराउँदाखेरी त्यसको खर्च कति होला । हामीले डिफेन्सीभ होइन अफेन्सीभ ढंगले जानुपर्छ । हामीले रोगलागेपछि उपचार गर्नुपर्छ भन्दापनि रोग नै लाग्न नदिनको लागि अगाडि बढ्नुपर्छ । अनि पीसीआर बढाऔं, हुलमुल नगरौं, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने अनि त्यहाँ सबै क्याटवाल्क गराएर फेसन शो गराएर पत्रकारलाई भेला गराउँदा त्यहाँ रोग फैलने सम्भावना हुँदैन ।’

सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह गर्नुभयो । मापदण्ड र नियमलाई मालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी सबै सचेत हुनुपर्छ । सरकारलाई गरेन भनेर गालि गर्नेमात्र होइन सरकारले गरेका राम्रा कुराहरु पालना गर्ने दायित्व सबैको हो । जिम्मेवारी सबैको छ । सरकारको आफ्नै ठाउँको जिम्मेवारी छ । हामी स्थानीय सरकारका प्रमुख लगायत वडा अध्यक्षहरुको आफ्नै जिम्मेवारी छ । सम्पूर्ण महानगरबासी र देशभरका नागरिकको आफ्नै जिम्मेवारी छ । जिम्मेवारी आफुले पालना नगर्ने अरुलाईमात्रै दोष लगाएर बस्ने हो भने यसको समाधान हुँदैन भोली यति भयावह फैलिन्छ की त्यो निन्त्रण भन्दा बाहिर रहन सक्छ ।’ 

नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई काराही गर्नुपर्ने उहाँले बताउनुभयो । शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नाकामा आएर छोडने होइन । नाकासम्म ल्याइपु¥याउने लुकिछिपि आउने र लुकिछिपि ल्याउन सहयोग गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । होइन भने त्यहाँ ल्याएर छोडिदिने अनी यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुप¥यो भन्यो भने कति मान्छेलाई राख्ने ।’

संक्रमण देखिएका ठाउँलाई मात्रै शील गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाई छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र शील गर्ने भएकाले यो क्षणिक हुने उहाँले बताउनुभयो । संक्रमणलाई नियन्त्रणमा लिनको लागि नाकामा नै शील गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो भनाई के हो भने शील गर्नु क्षणिक मात्रै हो । कन्ट्याक ट्रेसिङको लागि मात्रै हो । वडावडाले गरेर त्यो पनि हुन सकदैन । कुनै वडाले मलाई भनेको छ काठमाडौं बन्दगर भन्ने त्यो समाधान होइन । कुनैले ललितपुर बन्द भन्ने त्यो समाधान होइन । त्यो क्षणिकको लागि कन्ट्याक्ट ट्रेसिङको लागि सजिलो होस भन्ने मात्रै हो । त्यसकारण बन्द गर्ने हो भने नाका नै बन्द गर्नुपर्छ । अनी विभिन्न जिल्लाबाट आउने व्यक्तिहरुलाई बन्द गर्नुपर्छ । अव आउने घुलमिल गर्दै जाने हो भने परीक्षण गनै सक्दैन ।’ 

काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले मानेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘काठमाडौं बचाउनका लागि मेयर अथवा काठमाडौंका जनप्रतिनिधिले गरेको निर्णय भनेर बुझिदिनुपर्छ । राम्रा निर्णयहरु कार्यान्वयन गर्न गृह प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ । जिल्ला प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ । त्यसैगरी अन्य संघीय मामिला मन्त्रालय जोसँग समबन्धित छ, श्रमसँग सम्बन्धित होला, कहिले खाद्यान्न सँग सम्बन्धित होला, कहिले स्वास्थ्यसँग सम्बन्धित होला सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ ।’