१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री चैत १९ गते थाइल्याण्ड जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली यही चैत १९ गते थाइल्याण्डको राजधानी बैकक जाने भएका छन् ।

उनी चैत १९ देखि २३ सम्म बैंककमा आयोजना हुने बिमस्टेकको छैठौँ  शिखर सम्मेलनमा सहभगी हुन बैंकक जाने भएका हुन् । प्रधानमन्त्रीको सो भ्रमणलाई आजको मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको छ ।

सो भ्रमणमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि जाने छिन् । साथै प्रधानमन्त्रीको नेतृत्वमा एक भ्रमण दल सो शिखर सम्मेलनमा सहभागी हुन बैकक जान लागेको हो ।

यस पटक प्रधानमन्त्रीले थाइल्याण्डको औपचारि भ्रमण पनि गर्ने भएका छन् । यसको सम्पूर्ण तयारी परराष्ट्र मन्त्रालयले गरिसकेको जनाएको छ ।