३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

बागलुङमा भित्रिए मरेका कुखुरा, संक्रमण फैलिने त्रास

बागलुङमा भित्रिए मरेका कुखुरा, संक्रमण फैलिने त्रास
अ+ अ-

गलकोट । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ । 

सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा बागलुङ नगरपालिका–३ गौंडाकोटको गोदाममा काट्दै गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र बागलुङ नगरपालिकाको पशु शाखाको टोली गोदाममा पुग्दा ५०० कुखुरामध्ये ३० मरेको र ४० बिरामी परेको पाइएपछि मरेका कुखुरा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लामा अवैध तरिकाले भित्रिएका कुखुरामध्ये मरेका कुखुरा काट्दै गरेको फेला पारेपछि स्थानीयवासीले जिल्ला प्रहरी र नगरपालिकालाई खबर गरेर जानकारी गराएको स्थानीय गङ्गा पुनले जानकारी दिए । मरेका कुखुरा भित्रिएको खबर पाएलगत्तै जिल्ला प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सम्बन्धित निकाय त्यस स्थानमा पुगेर मुचुल्का तयार गरी प्रहरीलाई बुझाएका छन् ।

मरेका कुखुरा भित्र्याएर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मरेका कुखुरा नष्ट गर्न पत्राचार गरेको र व्यवसायीलाई अन्य कुखुरा बिक्री वितरण गर्न रोक लगाएर गोदाममै राख्न भनेको नगरपालिकाका पशु शाखाका पशु स्वास्थ्य अधिकृत शशिधर शर्माले जानकारी दिए ।

यद्यपि स्थानीयवासीले सबै कुखुरा नष्ट गर्न माग गरेका छन् । नगरपालिकाले रोक लगाएको वस्तु बजारमा आउँदा सम्बन्धित निकायले बेवास्ता गरेको आरोप छ । स्थानीय गङ्गा पुनले मरेको कुखुरा काट्दै गरेको फेला पारेको भन्दै यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सबै कुखुरा नष्ट गर्नुपर्ने बताए
व्यवसायीले अप्रत्यक्षरूपमा यसअघि पनि पटक–पटक मरेको कुखुरा आयात गरेर बिक्री वितरण गर्दै आएको स्थानीयवासीको आरोप छ । नागरिकको खाद्य अधिकारमाथि खेलबाड भएको भन्दै अवैध कुखुरा आयात गर्ने र मरेका कुखुरा बिक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।  

बागलुङ बजारको लालीगुराँसचोकमा मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी ग्रिन शाहले पोखराबाट बागलुङ बजारमा व्यापार गर्नका लागि आयात गरेको कुखुरा मरेको र बिरामी अवस्थामा फेला परेको जानकारी आएपछि तत्कालै कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । उनले नगरपालिकाले नष्ट गर्न पत्रचार गरेअनुसार मरेका सबै कुखुरा नष्ट गरिने जानकारी दिए ।