५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई अनुगमनका नाममा रमिता



फोटो : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई जारी छ । अभिभावकहरु आफ्ना बालबालिकाले परीक्षा कस्तो गरेका छन् भन्नेमा कौतुहलतामा देखिन्छन् । विद्यार्थी पनि सकेसम्म राम्रो परीक्षा होस् भन्ने प्रयासमा छन् ।

एसईईलाई सहज, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुर्‍याउन राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ । बोर्डले देशभरका परीक्षा केन्द्रमा अनुगमन समेत गरिरहेका छन् । त्यसका लागि उसले आफ्ना कर्मचारी र सरोकारवालाई तोकेको छ । परीक्षा अनुगमन गर्न अनुमति अनिवार्य छ । बोर्डबाट अनुमति लिएर परीक्षा अनुगमन गर्न पाइन्छ ।

एसईईको अनुगमन आधिकारिक व्यक्तिले मात्र गर्न पाउँछन् । तर परीक्षा केन्द्रहरुमा अनधिकृत व्यक्तिसमेत अनुगमनका नाममा पुगिरहेका छन् । विद्यार्थीले शान्त वातावरणमा परीक्षा दिन पाउनुपर्नेमा अनावश्यक रुपमा अनुगमनका नाममा धेरैभन्दा धेरै व्यक्ति पुग्दा समस्या हुने गरेको छ । शान्त वातावरण खल्बलिन सक्छ ।

केही परीक्षा केन्द्रबाट त गुनासाहरु पनि आउन थालिसकेका छन् । अनुगमनका नाममा आधिकारिक व्यक्तिहरु बाहेक धेरै व्यक्ति परीक्षा केन्द्रहरुमा गएर परीक्षार्थीहरुको लेखन कार्यमा असुविधा भएको भन्दै गुनासो आएका हुन् । सामाजिक सञ्जालहरुमा पनि अनुगमनका नाममा भइरहेको भीडबाडका तस्बिर सार्वजनिक भइरहेका छन् ।

सामान्यत: परीक्षाको अनुगमन गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका अधिकारिक व्यक्तिले पाउँछन् । तर अहिले कतिपय ठाउँमा यसबाहेकका धेरै व्यक्ति र समूह अनुगमनका नाममा विद्यालयहरुमा पुगिरहेका छन् । यसले परीक्षालाई व्यवस्थित, भयरहीत र शान्तपूर्ण वातावरणमा सञ्चालन गर्न अवोध सिर्जना भएको छ ।

अनुगमन र अवलोकनको नाममा परीक्षार्थीहरुलाई अनावश्यकरुपमा असहज हुने मानसिक तनाव दिने तवरबाट परीक्षा केन्द्रमा प्रवेश गर्ने कार्य गर्नु हुँदैन । यसरी अनधिकृत व्यक्ति परीक्षा केन्द्रमा पसेमा परीक्षार्थीको ध्यान भंग हुने मात्र होइन, परीक्षाको गोपनियतामाथि नै प्रश्न उठ्छ । विद्यार्थीको भविष्य निर्धारण गर्र्ने परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन विद्यार्थी, अभिभावक, विद्यालय मात्र नभएर समुदाय र सरोकारवालाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।