३ असार २०८३, बुधबार
,
Latest
चितवन होटल व्यवसायीद्वारा रास्वपा महाधिवेशनका पाहुनालाई विशेष छुटसहित स्वागत गर्ने घोषणा बागमती विश्वविद्यालयले नयाँ कार्यक्रम विस्तार गर्दै स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव रुग्ण उद्योगको पुनःसञ्चालन र पेट्रोलियम भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिनेछौँः उद्योगमन्त्री तनहुँकाे व्यास नगरपालिकाले फोहर बिक्रीबाट गर्‍यो रु २४ लाखभन्दा बढी आम्दानी कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने चिकित्सा शिक्षा आयोगको बैठकमा ‘कानूनले नचिनेको व्यक्ति’ को उपस्थितिप्रति सांसद बरालको आपत्ति वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर आतंक मच्चाइएको भन्दै सांसद केसीद्वारा सरकारको ध्यानाकर्षण जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरूको गुनासो एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान दिवसमा दूतावासमा झण्डोत्तोलन



अ+ अ-

काठमाडौं । पाकिस्तानको ८५औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ ।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाशमीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो । यस अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।

राष्ट्रपति आसिफ अली जरदारीले राष्ट्रिय दिवसको अवसरमा सबैलाई बधाई दिँदै पाकिस्तानका संस्थापकहरू र पाकिस्तान आन्दोलनका कर्मठ कार्यकर्ताहरूको योगदानको सम्मान गर्नुपर्ने सन्देशमा उल्लेख छ । उहाँले एकता, विश्वास, र अनुशासनका सिद्धान्तहरू अवलम्बन गर्दै राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने, आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने, कृषि क्षेत्रलाई अगाडि बढाउने, ऊर्जा सुरक्षालाई सुनिश्चित गर्ने, र युवाका लागि अवसरहरू सिर्जना गर्ने लक्ष्य राख्नुपर्ने बताउनु भयो । साथै, पाकिस्तानले शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थायित्व, र विश्वव्यापी सम्बन्धहरू सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दै जम्मु(कश्मीर तथा प्यालेस्टाइनका जनताको आत्मनिर्णयको संघर्षमा समर्थन रहेको दोहोर्‍याउनु भयो ।

प्रधानमन्त्री मोहम्मद शहबाज शरीफको सन्देशमा आफ्नो सन्देशमा २३ मार्चलाई दक्षिण एसियाली इतिहासमा महत्वपूर्ण मोडको रूपमा स्मरण गर्दै, ८५ वर्षअघि मुस्लिम नेताहरूको नेतृत्वमा स्वतन्त्र मातृभूमि निर्माण गर्ने संकल्पलाई बलियो बनाएको उल्लेख छ ।

समारोहमा राजदूत हाशमीले समुदायका सदस्यहरू र कर्मचारीहरूलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले नेपालमा बसोबास गर्ने पाकिस्तानी समुदायलाई स्थानिय समाजसँग घनिष्ठ सम्बन्ध राख्न र नेपाल-पाकिस्तान मित्रतालाई अझ उचाइमा पुर्याउन योगदान दिन आग्रह गर्नुभयो ।

 

 

 

 

 




भर्खरै