६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

न्यूजिल्याण्डविरुद्ध पाकिस्तानको लज्जास्पद हार

न्यूजिल्याण्डविरुद्ध पाकिस्तानको लज्जास्पद हार
New Zealand’s Zakary Foulkes (C) celebrates with Will O’Rourke (L) and Mitchell Hay after taking the wicket of Pakistan’s Shaheen Shah Afridi during the fourth Twenty20 international cricket match between New Zealand and Pakistan at Bay Oval in Mount Maunganui on March 23, 2025. (Photo by Michael Bradley / AFP)
अ+ अ-

एजेन्सी । चौथो टी–२० खेलमा न्युजिल्याण्ड क्रिकेट टिमले पाकिस्तानलाई ११५ रनले पराजित गरेको छ । जितका लागि २२१ रनको लक्ष्य पाएको पाकिस्तान १०५ रनमै अलआउट भयो । यससँगै, न्युजिल्यान्डले ५ खेलको टी-२० सिरिजमा ३-१ को अग्रता लिएको छ ।

टिम सेफर्ट र फिन एलेनले न्युजिल्यान्डलाई सुखद सुरुवात गराए । सेफर्टले २२ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ४४ रन बनाए । फिन एलेनले २० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ५० रनको उत्कृष्ट इनिङ खेले ।

मध्यक्रममा मार्क च्यापम्यानले १६ बलमा २० रन र डेरिल मिचेलले २३ बलमा २९ रन बनाएर महत्वपूर्ण भूमिका खेलेका थिए । अन्त्यमा कप्तान माइकल ब्रेसवेलले २६ बलमा ४६ रनको उत्कृष्ट इनिङ खेले । यस इनिङ्समा उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यता, पावरप्लेमा पाकिस्तानको आधा टोली प्याभिलियन फर्किएको थियो । ओपनर जोडी मोहम्मद हरिस (२) र हसन जवाज (१) रन बनाएर आउट भए । कप्तान सलमान अली आगा पनि १ रन बनाएर प्याभिलियन फर्किए । शादाब खान १ र खुशदिल शाहले ६ रन जोडे । टोलीका लागि भाइ अब्दुल समदले सर्वाधिक ३० बलमा ४४ रन बनाए ।

न्युजिल्याण्डको जितमा डफीले ४ विकेट लिए । उनले ४ ओभरको स्पेलमा २० रन मात्र दिए । जाचरी फाउल्केसले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । उनका अलावा जेम्स निशम, ईश सोधी र विल ओउरकेले १–१ विकेट लिए ।