६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित

प्रधानमन्त्री कप क्रिकेटः सशस्त्र प्रहरी र कर्णाली प्रदेशको जित
अ+ अ-

रूपन्देही। जिल्लामा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जित निकालेका छन् ।

सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गरेको छभने कर्णालीले मधेस प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा एक सय ९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरी ३६ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो । सशस्त्रका लागि सन्दीप जोराले ५१ रन, आसिफ शेषले ३२ र लोकेश बमले १९ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले समान दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाए । यस्तै प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए ।

बलिङमा सशस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान तीन–तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट र अभिषेक गौतमले एक विकेट लिए । यससँगै सशस्त्र प्रहरी छ खेलमा चारमा जित, दुईमा हारसहित आठ अङ्क लिएर प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छभने सात खेल खेलेको सुदूरपश्चिम दुईवटा मात्र खेल जितेर चार अङ्कका साथ सातौँ स्थानमा झरेको छ ।

आजै सम्पन्न अर्को खेलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा दुई सय २१ रन पछ्याएको मधेस प्रदेश ३५ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ३९ रनमा सीमित भएको थियो । मधेसका लागि रुपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशङ्कर साहले १८ र शैलेन्द्र साहले १० रन बनाएका थिए ।

बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले चार र दिपेन्द्र रावतले तीन विकेट लिए भने प्रकाश जैसीले दुई र सुनिल धमलाले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय २० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसैगरी अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २० रन बनाए ।

बलिङमा मधेस प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशङ्कर साह, कमल गुप्ता र अनिल साहले समान दुई/दुई विकेट लिए । सात खेल खेलेको कर्णाली चार जितसहित आठ अङ्क जोडेको छभने छ खेल खेलेको मधेसले दुई खेलमा मात्र जित निकाल्दै चार अङ्क प्राप्त गरेको छ ।रासस