९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन थपिए ६७ हजारभन्दा बढी कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । भारतमा हालसम्मकै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९५ हजार नाघेको छ ।

ब्राजिलमा ५८ हजारभन्दा बढीमा संक्रमण हुँदा अमेरिकामा ५४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार विश्वभर २ लाख ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।