१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
व्हाट्सएपमा नयाँ फिचर: एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छः उर्जामन्त्री खड्का सुनको मूल्य तोलामा नौ सयले घट्यो, कतिमा हुँदैछ कारोबार? अमृत साइन्स क्याम्पस र पीएन क्याम्पसमा मतदान जारी अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ औं संस्करणको आईपीएलमा नयाँ के छ ? खेलाडी हुनेछन् मालामाल



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पर्सि शनिबारबाट सुरु हुँदैछ । यो सिजनको आईपीएल धेरै तरिकामा फरक हुनेछ ।

यस सिजनदेखि खेलाडीले प्रत्येक खेलको शुल्क लिलामीमा प्राप्त हुने रकमभन्दा फरक हुनेछ । यसै सन्दर्भमा यो आईपीएलमा के के नयाँ कुराहरु छन् भन्नेबारे यहाँ चर्चा गरौँ ।

खेलाडीले खेल शुल्क पाउनेछन्
आईपीएलको इतिहासमा पहिलो पटक खेलाडीले पारिश्रमिकसँगै म्याच शुल्क पनि पाउने भएका छन् ।

आईपीएलको १७ वर्षको इतिहासमा पहिलो पटक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले क्रिकेट खेलाडीलाई म्याच शुल्क तिर्ने भएको छ । भारतसँगै विदेशी खेलाडीलाई पनि खेल खेलबापत शुल्क दिइनेछ ।

उदाहरणका लागि, मुम्बई इन्डियन्सले रोबिन मिन्जलाई ६५ लाखमा किनेको छ । उनले एउटा खेल खेलेबापत ७.५० लाख रुपैयाँ पाउनेछन्, १४ खेल खेलेमा खेल शुल्कबाट १.०५ करोड रुपैयाँ कमाइ हुनेछ । अर्थात् उनलाई एक सिजनका लागि १.७० करोड रुपैयाँ दिइनेछ ।

कति कप्तान बदलिए ?
नयाँ कप्तानसहित ५ टोली मैदानमा उत्रनेछन् । १० मध्ये ९ भारतीय कप्तान छन् । २०१९पछि यो पहिलो पटक हो, जब एक मात्र टोलीका कप्तान विदेशी छन् । हैदरावादको कप्तान अष्ट्रेलियाका प्याट कमिन्स छन् । बाँकी ९ टोलीले भारतीय कप्तान राखेका छन् ।

१० टोलीका कप्तानको औसत उमेर ३० वर्ष छ । गुजरात टाइटन्सका कप्तान शुभमन गिल (२५ वर्ष)
सबैभन्दा कान्छो छन् भने कोलकाता नाइट राइडर्सका अजिंक्य रहाणे (३६ वर्ष) जेठा कप्तान छन् ।

नयाँ खेलाडी कति छन् ?
मेगा अक्सनमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्चेर १८२ खेलाडी किनेका छन् । भारतका १२० खेलाडी बिक्रि भएका थिए भने विदेशका ६२ खेलाडी १० टोलीले थपेका थिए । पञ्जाबले सबैभन्दा बढी २१ नयाँ खेलाडी किनेको छ भने कोलकाताले ८ नयाँ खेलाडी किनेको छ ।

दिल्लीको स्टाफ परिवर्तन, द्रविड राजस्थानमा, पोन्टिङ पञ्जाबमा
गत सिजनपछि फ्रेन्चाइजको सपोर्ट स्टाफमा धेरै परिवर्तन भएको छ । राजस्थान रोयल्सले राहुल द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने विक्रम राठौर ब्याटिङ प्रशिक्षक बनेका छन् । दुवै गत वर्ष टी–२० विश्वकप जितेको भारतीय टोलीसँग थिए ।

दिल्लीले केभिन पिटरसनलाई मेन्टर, वेणुगोपाल रावलाई क्रिकेट निर्देशक र मुनाफ पटेललाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । यसबाहेक केकेआरले ड्वेन ब्राभोलाई मेन्टर नियुक्त गरेको छ । जहीर खान लखनउको मेन्टर बनेका छन् भने रिकी पोन्टिङ पञ्जाबको मुख्य प्रशिक्षक भएका छन् ।

टोरेन्ट समूहले गुजरात टाइटन्स समूहको ६७ प्रतिशत सेयर किनेको छ । दुबैको लागि सम्झौता लगभग ५ हजार करोड रुपैयाँमा भएको थियो, जबकि टोलीको कुल मूल्य ७ हजार ४५३ करोड रुपैयाँ अनुमान गरिएको छ । सिभीसी समूहले टोलीमा ३३ प्रतिशत हिस्सेदारी राख्नेछ ।