१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

मध्यवर्ती क्षेत्रका निजी सम्पतीहरुको समस्या समाधान गर्न सरकार गम्भीर छः वनमन्त्री ठकुरी

मध्यवर्ती क्षेत्रका निजी सम्पतीहरुको समस्या समाधान गर्न सरकार गम्भीर छः वनमन्त्री ठकुरी
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय निकुञ्जभित्र मध्यवर्ती क्षेत्रमा परेका निजी सम्पतीहरुको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्नेमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र विकास अन्तर्गत रहेकानिजी भवन, जग्गा र उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेको गुनासो रहेको भन्दै यसलाई सरलीकरण गर्न मन्त्रालय तयार रहेको बताउनु भयो । उहाँले मध्यवर्ती क्षेत्र विकास समितिको हालको विद्यमान अवस्था केही फरक रहेको भन्दै यसलाई संशोधनकर्ताहरुको संशोधन र छलफलबाट ऐनको परिभााषामै फेरबदल गर्नुभन्दा नियमावलीमा गएर केही सरल गर्नुपर्नेतर्फ सरकारले सोचिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दफा ९ को राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र विकास अन्तर्गतको यसलाई अलि सरलीकरण र सहज गर्नुपर्छ भन्ने अधिकांश मान्य सदस्यहरुको कुरा रह्यो । यसमा अहिले मध्यवर्ती क्षेत्र विकास समितिको हालको विद्यमान अवस्था अलिकति फरक किसिमको छ । यसलाई अहिले मान्यज्युहरुको संशोधन र हाम्रो पनि पटक पटकको छलफलले यो ऐनको परिभााषामै फेरबदल गर्नुभन्दा नियमावलीमा गएर केही सरल गर्न सकिन्छ भन्नेकुरामा हामी सबैको सहमति होला भन्ने लागेको छ । अहिले देखिएका समस्यालाई समाधान गर्न नियमावलीमा जे जति मिलाउन सकिन्छ, त्यो गर्न मन्त्रालय गम्भीर र सकारात्मक छ । राष्ट्रिय निकुञ्ज भित्रको त्यो निजी आवास, निजी जग्गाहरु, निजी घरहरु परेको, उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेको जुनकुरा छ, त्यसलाई कुन ढंगले सहज गर्न सकिन्छ, त्यसमा मन्त्रालय सकारात्मक छ ।’

समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल भएको हो ।