१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔँः अर्थमन्त्री पौडेल

विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔँः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवारको अर्थ समितिको बैठकमा बोल्दै यहाँले यस्तो बताउनुभएको हो । अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने र अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई अगाडि बढाइरको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो,‘हामीलाई दुई वटा चिज सँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता छ । छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुशी व्यक्त गर्न चाहन्छु ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै ग्रहका लागि भिन्नै नियम बनाइरहेका छौँ भन्नेगरी सोच्न नहुने बताउनु भयो । उहाँले बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भन्सार भनेको भिन्नै ग्रह हो । हामी भिन्नै ग्रहका लागि भिन्नै नियम बनाउँदैछौँ भन्ने हिसावले गइरहेको छ । बैंक ग्यारेन्टीका सम्बन्धमा मलाई के लाग्छ भने बैंक ग्यारेन्टी राख्दा यसबाट कुनै गम्भीर असर राजश्वमा पर्छ भने यसको बारेमा सोचौँ । होइन भने हरेक ठाउँमा कानूनी मान्यता पाएको कानूनी मान्यताअनुसारको बैंक ग्यारेन्टीको सुविधा दिँदा त्यो मान्छेले आफ्नो संकटबाट मुक्त हुन उसलाई पनि अरु अवसर छ । बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा होला जस्तो लाग्दैन ।’

अर्थ समितिमा केही दिन यता भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।