१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा

भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
अ अ+ अ-

गलकोट । जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।

जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो । बडिगाड गाउँपालिकाको पहलमा सङ्घीय सरकारको रु तीन करोड ६३ लाखमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधा सम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताउनुभयो । छ वर्षअघि स्थानीयले चन्दा सङ्कलन गरी रु १५ लाख लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो ।

इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । रु तीन करोड ६३ लाख लागतमा सुनामी÷एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो ।