२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक अस्थिरता जनताको लागि अपाच्यः महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताउनु भयो । उहाँले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउनु भयो । उहाँले जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताउनु भयो । उहाँले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक अस्थिरता जनतको लागि अपाच्य भएको छ । जनताहरु थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले व्यहोर्नुपर्ने, हामीले रखडा गरेको राजश्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो । यसले आर्थिक क्षेत्रमा क्राइसिस भयो, राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको छ । पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्नैपर्छ ।’

संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।




भर्खरै