१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

पश्चिमा देशहरुले फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियोः विश्व नेताहरु

पश्चिमा देशहरुले फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियोः विश्व नेताहरु
अ अ+ अ-

एजेन्सी । पश्चिमा र ग्लोवल नर्थका देशहरुले हरेक देशमा फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलिएको छ ।

भारतको नयाँ दिल्लीमा जारी राइसिना डायलगको दोस्रो दिनको एक प्लेनरी बैठकमा विश्वका नेताहरुले ग्लोवल नर्थ र पश्चिमा देशहरुले हरेक देशमा गर्ने व्यवहार फरक—फरक गरेका कारण शान्ति खल्बलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ठोस एजेण्डा नभइ देशअनुसारको व्यवहार गर्दा द्वन्द्व बढिरहेको बताएका छन् । ग्लोवल अर्डरलाई फरक नजरले हेर्नुपर्छ भन्नेकुरा पनि उनीहरुले अघि सारेका छन् । अब बिस्तारै ग्लोवल साउथले विश्वशान्तिका लागि काम गर्नुपर्ने पनि उनीहरुले बताएका छन् । म्यानमार, अफगानिस्तान र युक्रेन जस्ता देशहरुमा ति देशहरुले अपनाएको नीतिले हेर्दा विश्वमा शान्ति खल्बलिएको मान्न सकिने नेताहरुले बताए । पछिल्लो दशमा अमेरकी दबदबाले विश्वशान्ति खल्बलाएको र डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले त झन अब के हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको नेताहरुले बताए । भारतीय विदेशमन्त्री एस जयशंकरले बढ्दो ग्लोवल साउथको प्रभुत्वलाई कसैले रोक्न नसक्ने र अबको विश्व शान्तिको लागि ग्लोवल साउथको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

सोमवारबाट शुरु भएको सम्मेलनमा विश्वको दक्षिणी भूभागका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहँदा भारतसँग सीमा जोडिएको ठूलो देश चीनको भने प्रतिनिधित्व छैन । सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका साथै युवा सांसद योगेश गौचन थकाली पनि सहभागी हुनुहुन्छ । दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमावर एक विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहनुभएको डाइलग ३ दिनसम्म चल्नेछ ।

विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग शुरु भएको छ ।