२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमा देशहरुले फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियोः विश्व नेताहरु



अ+ अ-

एजेन्सी । पश्चिमा र ग्लोवल नर्थका देशहरुले हरेक देशमा फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलिएको छ ।

भारतको नयाँ दिल्लीमा जारी राइसिना डायलगको दोस्रो दिनको एक प्लेनरी बैठकमा विश्वका नेताहरुले ग्लोवल नर्थ र पश्चिमा देशहरुले हरेक देशमा गर्ने व्यवहार फरक—फरक गरेका कारण शान्ति खल्बलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ठोस एजेण्डा नभइ देशअनुसारको व्यवहार गर्दा द्वन्द्व बढिरहेको बताएका छन् । ग्लोवल अर्डरलाई फरक नजरले हेर्नुपर्छ भन्नेकुरा पनि उनीहरुले अघि सारेका छन् । अब बिस्तारै ग्लोवल साउथले विश्वशान्तिका लागि काम गर्नुपर्ने पनि उनीहरुले बताएका छन् । म्यानमार, अफगानिस्तान र युक्रेन जस्ता देशहरुमा ति देशहरुले अपनाएको नीतिले हेर्दा विश्वमा शान्ति खल्बलिएको मान्न सकिने नेताहरुले बताए । पछिल्लो दशमा अमेरकी दबदबाले विश्वशान्ति खल्बलाएको र डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले त झन अब के हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको नेताहरुले बताए । भारतीय विदेशमन्त्री एस जयशंकरले बढ्दो ग्लोवल साउथको प्रभुत्वलाई कसैले रोक्न नसक्ने र अबको विश्व शान्तिको लागि ग्लोवल साउथको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

सोमवारबाट शुरु भएको सम्मेलनमा विश्वको दक्षिणी भूभागका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहँदा भारतसँग सीमा जोडिएको ठूलो देश चीनको भने प्रतिनिधित्व छैन । सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका साथै युवा सांसद योगेश गौचन थकाली पनि सहभागी हुनुहुन्छ । दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमावर एक विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहनुभएको डाइलग ३ दिनसम्म चल्नेछ ।

विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग शुरु भएको छ ।