२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

लोकसेवाको विश्वसनीयतामाथि नै गम्भीर धक्काः विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

लोकसेवाको विश्वसनीयतामाथि नै गम्भीर धक्काः विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो
अ अ+ अ-

काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो । लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवेश गर्नेहरूले योग्यता, दक्षता र क्षमताका आधारमा नै छनोट हुने अवसर पाइरहेका छन् । हालसम्म आयोगको निष्पक्षतामाथि कसैले पनि औँला ठड्याउन पाएका छैनन् । तर, पछिल्ला केही घटनाले भने आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न सिर्जना गरिदिएको हो । आयोगलाई योग्यता (मेरिट) प्रणालीको रक्षकका रूपमा मानिँदै आएको छ ।

पछिल्लो पटक सञ्चालित विविध सेवाअन्तर्गत सहसचिवस्तरको सूचना प्रविधि विज्ञको परीक्षामा नियुक्त विज्ञको सेटिङ धन्दाका कारण लोकसेवाले सम्पूर्ण परीक्षा नै रद्द गर्नुपरेको छ । सो परीक्षाको लिखितमा सहभागी भएका १० मध्येबाट तीन जना उत्तीर्ण भई अन्तर्वार्ताका लागि समेत सूचना जारी भइसकेकामा हाल सो परीक्षाको अन्तर्वार्ता मात्रै होइन, लिखित परीक्षा नै रद्द गरिएको छ ।आयोगले २९ साउनमा सो परीक्षाको सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । परीक्षा रद्द गर्ने निर्णय गरिए पनि आयोगले त्यसको कारण भने खुलाएको छैन । आयोगका एक अधिकारीका अनुसार यो परीक्षामा केही बदमासी भएको सूचना र तथ्यका आधारमा परीक्षा रद्द गरिएको हो । आयोगका अध्यक्ष उमेश मैनालीले अन्तर्वार्ता हुनुभन्दा आधा घण्टाअघि मात्रै परीक्षामा केही बदमासी भएको तथ्य थाहा पाएपछि परीक्षा रोक्न निर्देशन दिएका थिए । आयोगका अनुसार परीक्षा ‘फेयर’ हुन नसकेको भन्नेमा आयोग विश्वस्त भएपछि आयोगले परीक्षा रद्द गर्यो तर बदमासी कोबाट कसरी भयो भन्ने बारेमा यथेष्ट प्रमाण पाउन नसकेपछि आयोगले कसैमाथि पनि कारबही भने गर्न सकेको छैन ।

आयोग आफैंले अहिले यो घटनाको अध्ययन अनुसन्धान गरिरहेको छ । आयोग अध्यक्ष मैनालीले यो घटनाको विषय हाल अध्ययन अनुसन्धानमा नै रहेकाले केही भन्न नमिल्ने र अनुसन्धान सकिएपछि सबै विषय बाहिर ल्याइने बताए । कसको कसरी सेटिङ रह्यो भन्ने बारेमा उपयुक्त प्रमाण संकलन गर्न नसकिएकाले कसैमाथि किटेर कारबाही गर्न नसकिएको आयोगको भनाइ छ ।यसअघि गत ११ जेठमा सञ्चालन भएको नेपाल वायु सेवा निगमको सहायक चौथो (खरिदारस्तर)को परीक्षामा सहभागी आफ्नै छोरीलाई आयोगमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाहीले आफैंले उत्तरपुस्तिका लेखेर १ नम्बरमा उत्तीर्ण गराउने प्रयास गरेका थिए । सोको पोल खुलेपछि आयोगले उनलाई कारबाही गरेको थियो ।

आयोग स्रोतका अनुसार आयोगले पछिल्ला दिनमा हचुवाको आधारमा विज्ञ नियुक्ति गर्न थालेकाले यस्तो समस्या भोग्नुपरेको हो । ‘आयोगमा नियुक्त हुने विज्ञहरू योग्यता र दक्षताले मात्रै होइन, नैतिकता र इमानदारिताको दृष्टिकोणले पनि पूर्ण हुनुपर्छ,’ आयोगका एक अधिकारीले भने, ‘तर पछिल्ला दिनमा केही सेवा समूहमा राम्रा खालका विज्ञ नियुक्त हुन नसक्दा समस्या आउने क्रम बढेको छ ।’ प्रशासनविद्ले भने आयोगमा जाने कर्मचारीहरू समेत नैतिकतवान् र इमानदार बन्नुपर्नेमा जोड दिएका छन् । आयोगका केही पदाधिकारीले विज्ञ नियुक्ति गर्दा दक्षता, क्षमता तथा नैतिकताभन्दा पनि आफू निकटकालाई नियुक्ति गर्ने क्रम बढ्दा आयोगमा पछिल्ला दिनमा यस प्रकारका बदमासीका घट्ना हुन पुगेको बताइएको छ । यद्यपि आयोगमा कसैले कुनै बदमासी गरेमा त्यसलाई पत्ता लगाउने मेकानिज्म भने आयोगले विकास गरेको छ । सोही मेकानिज्मकै कारण आयोगका कर्मचारी र विज्ञले गर्ने बदमासी पत्ता लगाउने गरिएको आयोगका अधिकारीको दाबी छ ।

प्रशासनविद्ले भने आयोगमा बदमासी गर्ने कर्मचारी तथा विज्ञहरूलाई कारबाही गरी सार्वजनिक गर्न नसकिए आयोगमा यस्ता विकृति अझै वृद्धि हुँदै जाने र त्यसले आयोगको छवि र प्रतिष्ठामाथि नै गम्भीर चोट लाग्न सक्नेतर्फ आयोगका पदाधिकारीलाई सचेत गराएका छन् । आयोगको काम कारबाहीमा एकपछि अर्को गल्ती दोहोरिने कार्यले लोकसेवा आयोग मात्रै नभएर मुलुकको समग्र शासन प्रणालीलाई नै कमजोर बनाउने प्रशासनविद्को दाबी छ ।

यसअघि पनि लोकसेवा आयोगमा विज्ञका रूपमा रहेका सरकारका तत्कालीन सहसचिवले आफ्नै पत्नीलाई उत्तीर्ण गराउन आफंैले कापी परीक्षण गर्दा उनीमाथि विभागीय कारबाही भएको थियो । यसैगरी, पूर्वसचिव रामस्वरूप सिन्हाले पनि लोकसेवा आयोगको ऐन नियमावली तथा लोकसेवा कार्यसम्पादन निर्देशिकाविपरीत आफ्नै छोरीलाई उत्तीर्ण गराउन आफैं कापी जाँचेका थिए । राजधानी दैनिक