७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 5.66

Humidity: 19

Latest
विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यताः प्रधानमन्त्री च्याम्पियन्स ट्रफी विजेता टिमले ५८ करोड नगद पुरस्कार पाउने शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गर्छौंः प्रधानमन्त्री नेपाल–चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन्ः प्रधानमन्त्री सुनसरी–मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछः प्रधानमन्त्री मकवानपुरमा ६ कैदीबन्दी एसइई परीक्षामा सहभागी दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँः स्वास्थ्यमन्त्री आईपीएलको उद्घाटन समारोहमा क–कसले प्रस्तुती दिनेछन् ? जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट



अ+ अ-

खोटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ ।

स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पिर्तिबहादुर राई, रणबहादुर राई,  अविन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिनुभयो । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुइकोठे भवन डढेलोले जलेर नष्ट भएको हो ।

डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि निभाउने प्रयास भइरहेको सो वडाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभयो । “गाउँ पसेको डढेलो निभाउन स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी खटिएका छन्”, उहाँले भन्नुभयो, “डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ । आगो निभाउन पानी छैन । घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ ।”

दाम्लीको नबेल्खा जङ्गलमा आइतबारदेखि सुरु भएको डढेलोले डिकुवाका अन्य घरहरुमा समेत क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।रासस