२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा आरन पेसा



अ+ अ-

कैलाली। यहाँको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिई लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँका बुवा पनि आरनकै काम गर्नुहुन्थ्यो । बुवाले धनगढीमा आरन सुरु गर्नुभएको थियो । सानैमा बुबासँगै उहाँले आरनको सीप सिक्नुभयो । उहाँले अहिले आरन व्यवसायमा रु १० लाख लगानी गर्नुभएको छ । रौतहटको गौर स्थायी घर भएका ठाकुरले ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविका गर्दै आउनुभएको थियो । उहाँको श्रीमती, पाँच छोराछोरी र  कामदार गरी जम्मा आठ जनाको परिवार छ । ठाकुरले आरन व्यवसायबाटै परिवार पालिरहनुभएको छ ।

“छोराछोरीको शिक्षादिक्षा, घरखर्च सम्पूर्ण आरनकै कमाइले धानेको छु”, उहाँले भन्नुभयो । पछिल्लो समय कृषि प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै व्यवसाय घटेको उहाँले बताउनुभयो । हिजोआज आधुनिक कृषि औजार बजारमा आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्न हलोको प्रयोग गरिन्थ्यो भने हिजोआज प्राय ट्याक्टर, चम्पा ट्याक्टरद्वारा जोत्ने गरिन्छ ।

हातले बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार आकर्षक, चिल्ला हुने भएकाले परम्परागत औजारको बिक्रीदर घटेको उहाँले बताउनुभयो ।

ठाकुरले पहिले मासिक रु ७० हजारको कारोबार गरी मासिक रु ४० हजार बचत गर्नुहुन्थ्यो । तर अहिले मासिक रु ४० हजार मात्र कारोबार हुने गरेको छ । पहिलेभन्दा आरनको व्यापार खस्कँदो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

धनगढीका धेरै आरन व्यवसायी विस्थापित भइसकेको उहाँले बताउनुभयो । “धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जना जति आरन व्यवसायी थिए । अहिले छ जनाले मात्र यो पेसा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । व्यापार घटेपछि घरभाडा बुझाउन र परिवार पाल्न धौधौ परेको उहाँले गुनासो गर्नुभयो ।रासस