२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने नेकपा एसको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोधसभा हजारौँलाई उतार्ने जनाएको छ ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा मोर्चाले आयोजना गरेको विरोधसभामा जनता गणतन्त्रकै पक्षमा छन् भन्ने देखाउन हजारौँलाई उतार्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उनले बताए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै चैत १५ गते झल्को दिने बताए ।

यस्तै, उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र नफर्किने दाबी गरे ।