७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday
Latest
रुपन्देही अदालतको सुनुवाइ नभएपछि रवि काठमाडौं फर्किए सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित प्रधानमन्त्रीद्वारा छ नगरपालिका पुरस्कृत उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण अधिकारलाई सङ्कुचित बनाउन नहुने आगामी निर्वाचनमा माओवादीले धेरै ‘सीट’ जित्ने अध्यक्ष दाहालको प्रक्षेपण ‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’ आजपाको निष्कर्ष : सरकार र संविधान असफल, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनका लागि तोकियो कमाण्डर हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैनः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई हराउँदै न्युक्यासलले जित्यो काराबाओ कपको उपाधि



अ+ अ-

काठमाडौँ । काराबाओ (इएफएल) कपको उपाधि न्युक्यासल युनाइटेडले जितेको छ ।

गएराति भएको फाइनल खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै न्युक्यासल च्याम्पियन बनेको हो । उपाधिसँगै न्युक्यासलले ७० वर्षको घरेलु उपाधि खडेरीको अन्त्य गर्यो ।

लण्डनको वेम्बली स्टेडियममा खेलको ४५ औं मिनेटमा डान बर्नले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल थप्र्दै अग्रता दोब्बर पारे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा फेडेरिको चिसाले गोल फर्काएपनि लिभरपुलको हार टार्न सकेनन् ।