६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइन खेल आज सम्पन्न भएको हो ।

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा चार विधामा आयोजित प्रतियोगिता आज सम्पन्न भएको हो । नगरपालिकाले पुरुष डबल ‘ए’ डिभिजन, पुरुष डबल ‘बी’ डिभिजन, पुरुष भेट्रान्स डबल र महिला डबल विधामा प्रतियोगिता गराइएको थियो । पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका सुनिलजङ्ग कार्की र भोजपुरका विशाल तामाङको जोडी विजेता बनेको छ ।

कार्की र तामाङको जोडीले उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडीलाई पराजित गरेको थियो । पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका मुनुहाङ गुरुङ र निशान कटुवालको जोडी तथा विशाल खड्का र राम राईको जोडी तेस्रो भएका छन् । पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई र दिवन तामाङको जोडी विजेता बनेको छ ।

सङ्खुवासभाकै सन्दीप भगत र गङ्गालाल श्रेष्ठको जोडीलाई हराउँदै राई र तामाङको जोडी विजेता बनेको हो । पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दीपक पाठक र सुरज राईको जोडी तथा विनोद विक र राम गुरुङको जोडी तेस्रो भएका छन् ।

महिला डबलतर्फ उदयपुरकी रोजी राई र सुनसरीकी सृष्टि राईको जोडी विजेता बनेको छ । फाइनल प्रतियोगितामा प्रतिस्पर्धी इलामकी निशम हाङ सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठमध्ये एलिना राई खेलको सुरुआतीमा नै घाइते भएपछि राईको जोडी विजेता घोषित भएका थिए । महिलातर्फकै भोजपुरकी मनिशा गोले र अरुणा तामाङ तथा पोखराकी समिता पुन र तिलमाया राना तेस्रो भएका छन् ।

पुरुष भेट्रान्स डबल १०० माथि पोखराका विशाल खड्का र मोरङका उत्तम सिम्खडाको जोडी विजेता बनेको छ ।  फाइनल खेलमा सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठको जोडीलाई पराजित गर्दै खड्का र सिम्खडाको जोडी विजेता बनेको हो । यो विधामा जीवन बोगटी र पूर्ण बुढा तथा राम राई र धनबहादुर तामाङको जोडी तेस्रो भएका छन् ।

प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशबाट खेलाडीहरूको सहभागिता रहेको आयोजक मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिनुभयो । प्रतियोगिता फागुन २९ देखि सुरु भएको थियो । रासस