२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित



अ+ अ-

दाङ। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । दाङको लमही क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ३२.४ ओभरमा सवै विकेट गुमाएर ११५ रन मात्र बनायो । एक सय १६ रनको लक्ष्य पछ्याउने क्रममा बागमती २२.५ ओभरमा ६७  रनमै समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापाले १५ र कप्तान देव खनालले १५ रन बनाए । बलिङतर्फ बागमतीका लागि गौतम केसीले ५.४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले दुई दुई तथा रिजन ढकाल र सोनु देवकोटाले एक एक विकेट लिए ।

यसैगरी लुम्बिनी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । आशुतोष घिरैयाले ११ तथा सुमन सुनारले ११ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि विप्रासन केसी र अजय चौहानले तीन तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई दुई विकेट लिए ।

लुम्बिनीले हालसम्म चार खेल खेल्दा तीनमा जित निकालेको छ भने बागमतीले चार खेलमा एउटामा मात्र जित निकालेको छ । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको धानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही चैत १६ गतेसम्म चल्ने छ । रासस