३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान !

यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान !
अ+ अ-

एजेन्सी । संसारमा धेरै रहस्यमय र खतरनाक ठाउँहरू छन् । मानिन्छ कि यदि पृथ्वीमा सबैभन्दा खतरनाक कुनै ठाउँ छ भने त्यो हो बर्मुडा ट्रयाङ्गल र एरिया–५१ ।

तर आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ जसलाई बर्मुडा ट्राइङ्गलभन्दा पनि खतरनाक मानिन्छ । यो ठाउँ अमेरिकाको नवादामा अवस्थित छ, जसलाई नेभादा ट्रयाङ्गल भनिन्छ ।

बर्मुडा ट्रयाङ्गल जस्तै नेभादा ट्रयाङ्गलमा पनि रहस्यमयी घटनाहरु हुने गर्दछ । भनिन्छ, यो ठाउँ यति खतरनाक छ कि यहाँबाट गुज्रिएको कुनै पनि विमान आजसम्म फर्केको छैन ।

एक रिपोर्टका अनुसार विगत ६० वर्षमा यहाँ २ हजारभन्दा बढी विमान दुर्घटनाग्रस्त भएका छन् भने सयौं पाइलट जिउँदै फर्किएका छैनन् ।

भनिन्छ, नेभादा ट्रयाङ्गलमा कुनै रहस्यमय शक्ति छ जसले विमानहरूलाई आफूतर्फ आकर्षित गर्छ, जसका कारण तिनीहरू दुर्घटनाग्रस्त हुन्छन् । त्यो शक्ति के हो, यो अझै पनि वैज्ञानिकहरुका लागि रहस्य नै बनेको छ ।

एरिया–५१ मा पनि यस्तै भएको छ । भनिन्छ कि यहाँ केहि गुरुत्वाकर्षण बल छ जसले विमानहरुलाई आफ्नो तर्फ आकर्षित गर्छ वा यस स्थानमा एलियन हुन सक्छ ।
तर, कतिपयले एरिया–५१ अमेरिकाको सबैभन्दा गोप्य सैन्य अड्डा मान्छन् जहाँ एलियनहरूलाई राखेर अनुसन्धान गरिन्छ भन्ने पनि विश्वास गर्छन् ।

क्षेत्रफलको हिसाबले नेभादा ट्रयाङ्गल निकै ठूलो क्षेत्र हो र लस भेगास, योसेमाइट राष्ट्रिय निकुञ्ज र एरिया–५१ पनि यस क्षेत्रमा आउँछन् । यस क्षेत्रमा ठूलो संख्यामा विमान दुर्घटना भएको कारणले गर्दा मानिसहरूले एलियनको अस्तित्वमा विश्वास गर्न थालेका छन् ।

अमेरिकाले जसरी एलियनसँग छेडछाड गरेको र त्यसको परिणाम यो भएको मानिसहरु ठान्दछन् । मानिसहरूले अमेरिकालाई एलियनहरूको बारेमा जानकारी लुकाएको आरोप लगाउँछन् ।

२५ हजार वर्ग माइलमा फैलिएको नेभादा ट्रयाङ्गलमा १८ वर्षअघि घटेको घटनाको रहस्य अझै सुल्झिएको छैन । अमेरिकी अर्बपति व्यापारी स्टिभ फासेटको विमान सेप्टेम्बर ३, २००७ मा अचानक बेपत्ता भयो र त्यसपछि उनको बारेमा केही थाहा भएन ।

सबैभन्दा अचम्मको कुरा के छ भने स्टिभसँग विमान उडाउने लामो अनुभव थियो । उनको नाममा सयभन्दा बढी कीर्तिमान छन् । यद्यपि, २००८ मा, वैज्ञानिकहरू र उद्धार टोलीहरूले स्टिभको परिचयपत्र, विमानको अवशेष र अन्य विमान दुर्घटना स्थलहरूमा केही हड्डीहरू फेला पारे ।

नेभादा ट्रयाङ्गलमा भएको विमान दुर्घटना एलियनको कारणले नभई हावाको चापका कारण भएको हुनसक्ने केही वैज्ञानिकको भनाइ छ । तिनीहरू विश्वास गर्छन् कि यहाँ विमानहरू पहाडहरूमा उड्छन्, तर त्यसपछि अचानक मरुभूमि जस्तो भूमि देखा पर्दछ । जसका कारण पाइलटले यहाँको हावाको चाप बुझ्न नसकेर विमान दुर्घटनामा पर्छन् । तर, यो उनीहरुको अनुमान मात्रै हो । यो अहिलेसम्म प्रमाणित भएको छैन ।