६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे चम्किँदा रियल विजयी



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले भिल्लारियललाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

रियलको जितमा दुबै गोल किलियन एम्बाप्पेले गरे । खेलको सातौं मिनेटमा जुआन फोइथले गोल गर्दै घरेलु टोलि भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, १७ औं तथा २३ औं मिनेटमा एम्बाप्पेले दुई गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै रियल २८ खेलबाट ६० अंकका साथ शीर्षस्थानमा छ । पराजित भिल्लारियल ४४ अंकका साथ पाँचौं स्थानमा छ ।