२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद ज्ञानेन्द्रको आक्रोश: मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो?



अ+ अ-

काठमाडौँ। नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले आक्रोश व्यक्त गरेका छन्।

ज्ञानेन्द्र शाहीले भने आफ्नो स्वार्थ पुरा गर्न गणतन्त्र ल्याए दावी गरेका छन्।  हजारौ जनतालाई बलिदानमा चढाए र आफ्नो स्वार्थ पूरा भयो अनि देश खोक्रो बनाए । अझै पुगेन झुटो भ्रम फैलाउदै हिन्दै गरेको समेत बताएका छन्।

उनले ‘प्रचण्ड’ लाई सामाजिक संजालमा प्रश्न गरेका छन् ” प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16 , Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? भने प्रश्न गरेका छन्।

साथै, भारतमा लुकेर राजनीतिक हिँसा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको सचेतक शाहीले बताएका छन् ।