२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान



अ+ अ-

एजेन्सी । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ ।

“चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ”, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर देखाउनाले मात्र प्रतिकूल परिणाम ल्याउन सक्छ । संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन…सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ ।”

जनवरीमा पुनः पदभार ग्रहण गरेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाउनुभएको छ ।

यस महिना ट्रम्पले चिनियाँ उत्पादनहरूमा लगाउनुभएको १० प्रतिशतको सामान्य भन्सारलाई बढाएर २० प्रतिशत पुर्‍याउनुभएको थियो ।

बेइजिङले यसको जवाफमा सोयाबिन, सुँगुरको मासु र कुखुरासहितका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म कर लगाएको छ ।

विश्वको शीर्ष इस्पात उत्पादक चीनले पनि बुधबार इस्पात र एल्युमिनियम आयातमा अलग–अलग नयाँ अमेरिकी भन्सार शुल्कको प्रतिक्रियामा आफ्नो हितको रक्षा गर्न ‘सबै आवश्यक उपायहरू’ गर्ने प्रतिबद्धता जनाएको छ ।