२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत महिनामा १७ वाणिज्य बैंकहरुको ब्याजदर स्थिर



अ+ अ-

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

चैत १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर फागुन र चैतको बराबर छ ।

चैतमा २० वाणिज्य बैंकमध्ये १७ बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले ब्याजदर घटाएको छ ।

बैंकहरूले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ५.९३ प्रतिशत छ । जुन, फागुनमा औसत ६.०१ प्रतिशत थियो ।

चैतमा एनआइसी एशिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ । सिटिजन्स, नबिल, कुमारी, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आईएमई बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।