२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागु पूर्णिमा हर्ष र उमङ्गको क्रीडापर्व : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हर्ष र उमंगको क्रीडापर्व फागु पूर्णिमाको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मान्ने गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ–

आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौं। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ । शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ।

फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ। हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ। मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ।

हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना !

ह्याप्पी होली !