८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदित्यनाथको तस्बिर प्रदर्शन गरेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगे



अ+ अ-

काठमाडौँ । प्रदीपविक्रम राणा नेपालमा असुरक्षित भएको भन्दै भारत पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा निकालिएको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिर प्रदर्शन गरेका थिए । त्यसपछि उनी विवादमा परे ।

उनले भारतीय पत्रिका नवभारत टाइम्ससँग उक्त प्रकरणपछि प्रहरी आफ्नो पछि लागेकाले भारत पुगेको प्रतिक्रिया दिएका छन् ।

उक्त पत्रिकाका अनुसार ५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर भारतको गोरखपुर पुगेका हुन् । उनले आफ्नो ठेगाना काठमाडौँको वडा नम्बर १६ बताएका छन् ।

नेपाल प्रहरीले आफूमाथि भारत सरकार र योगीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएको बताएका छन् ।

उनले भने– ‘मैले भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको प्रहरीको विश्वास छ । यही कारणले प्रहरी मेरो पछि लागेपछि म भागेर भारत आउनुपर्‍यो । हाम्रा राजा ज्ञानेन्द्र विक्रम सिंह नेपाल फर्किए । उनलाई स्वागत गर्न हजारौंको संख्यामा विमानस्थलमा उपस्थित थिए । यस अवधिमा मैले राजा साहेब र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर सँगै राखेको थिएँ । मलाई विश्वास छ कि योगी जी हिन्दू र हिन्दुत्वको लागि निरन्तर लडिरहेका छन्, उहाँ हामी सबैका विश्वव्यापी नेता हुनुहुन्छ । धार्मिक मान्यता अनुसार पनि म उहाँलाई असाध्यै मन पराउँछु ।’

राणाले आफूले न त योगी आदित्यनाथ न त भारतका कुनै राजनीतिज्ञलाई भेटेको दाबी गरेका छन् ।

‘म हाम्रा राजा ज्ञानेन्द्र विक्रम सिंह र योगी आदित्यनाथ जी को सम्मान गर्छु । सन् २००८ मा एउटा संशोधन मार्फत परिवर्तन भएको नेपाललाई हिन्दू राष्ट्रको हैसियतमा पुर्नस्थापित गराउने म दृढ समर्थक भएको छु ।’ उनले भने ।

आफूसँग पैसाको अभाव नभएकाले यसका लागि आफूलाई कसैले उक्साएको वा प्रायोजन नगरेको राणाले दाबी गरे । वर्तमान सरकार नहटिएसम्म आफू नेपाल नफर्किने उनले दाबी गरे ।