५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

सेरोलजिकल टेष्टको तयारी गर्दैछौं :  निर्देशक पाण्डे

सेरोलजिकल टेष्टको तयारी गर्दैछौं :  निर्देशक पाण्डे
अ+ अ-

काठमाडौं । देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो ।

संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताउनुभयो । 

कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उहाँले बताउनुभयो । सेरेलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थमा छ ?’ भन्ने कुरा पत्ता लगाउने उहाँले बताउनुभयो । 

तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमुना संकलन गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सर्वे मनगणन्ते रुपमा जहाँ केसहरु धेरै छन त्यहाँबाट लिउँ भन्ने हुँदैन । सिस्टममा हुने प्रकृया हो । त्यसले कहाँ निर पर्छ त भन्ने तरिकाले गर्ने हो । जहाँ निर धेरै केस छन त्यहाँ गरेर यसको महत्व हुँदैन यसलाई सबैको प्रतिनिधित्व हुने गरी गर्नुपर्छ ।’’

कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने उक्त विधि कोरोना संक्रमणको जोखिम कति भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो । ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उहाँले बताउनुभयो ।

परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले र अहिले छ की छैन भन्ने कुरा यसले पत्ता लगाउँने डा.पाण्डेले बताउनुभयो । परीक्षणपछि समुदायमा कोरोना छ की छैन ? कहिले देखि नेपालमा आएको होला ? कहिलेसम्म रहन्छ ? भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उहाँले बताउनुभयो । 

पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भएपनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उहाँले बताउनुभयो ।

उहाँले संक्रमणको अवस्था बढ्दै गएको सन्दर्भमा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो । रोगसँग डराएर सधै लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै उहाँले समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।