७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

टपरीको माग उच्च



अ+ अ-

रौतहट । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ ।

समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ ।

हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताउनुभयो । “यहाँ उत्पादन भएको दुना–टपरीको माग थेगिनसक्नु छ”, उहाँले भन्नुभयो, “ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।”

समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य रु चार, ठूलो दुनाको रु दुई र सानो दुनोको रु एक बजार मूल्य तोकिएको छ । “प्लाष्टिकबाट उत्पादन भएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना–टपरीको माग अत्यधिक छ”, समूहका कार्यालय सचिव लक्ष्मण महतोले भन्नुभयो, “यहाँ उत्पादन भएको दुना–टपरीको महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले पनि मासिक रु ३० हजारभन्दा धेरै रकम बचत गर्दै आइरहेको छ ।”

समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा रु दुई मा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रतिटपरी रु दुई लिँदै आइरहेको छ ।

दुना–टपरी बनाउने उपकरण चलाउँदै आइरहनुभएकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताउनुभयो । “आफ्नै गाउँघरमा बसेर दैनिक छ सय आम्दानी गर्दै आइरहेकी छु । यसले पक्कै पनि हाम्रीलाई काम गर्न सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो, “समूहमा आबद्ध भएका महिलाले फुर्सदको समयमा सामुदायिक वनबाट सालको पात टिपेर ल्याउनुहुन्छ ।”

टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक छ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गर्छ ।