५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

नेकपामा फेरि नियुक्तिको बखेडा !

नेकपामा फेरि नियुक्तिको बखेडा !
अ+ अ-

काठमाडौँ । पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बनिसकेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै नेकपामा नयाँ बखेडा सुरु भएको छ । प्रधानमन्त्री ओलीसँग मंगलबार र बुधबार भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालले कार्यदल बनेपछि सरकारले गरेका सबै नियुक्ति खारेज गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

‘कार्यदलले एकताका लागि छलफल गरिरहेको छ, प्रतिवेदन नआउँदासम्म विवादास्पद गतिविधि नगर्ने कुरा भएको हो, तपाईंले राजनीतिक नियुक्ति गर्दा पार्टीमा सल्लाह गर्छु भन्नुभएकै हो,’ दाहालले ओलीलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले कान्तिपुरसँग भन्यो, ‘हामी सहमतिका लागि भनेर मिहिनेत गरिरहने, तपाईं सहमतिको स्पिरिटभन्दा बाहिर गएर धमाधम राजनीतिक नियुक्ति गरिरहने रु यसरी त सहमति बन्न सक्दैन, झन् भाँडिन्छ ।’

दाहालले ओलीसँग तपाईंले पार्टी एकताबद्ध भएर अघि बढोस् भन्ने चाहनुभएको छैन र ? भनेर सोधेका थिए । ‘तपाईंले राजनीतिक नियुक्तिका लागि योग्यता जाँच गर्ने मापदण्ड बनाउनुभएको रैछ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसँग भन्यो, ‘जसले मलाई र माधवजीलाई धेरै निन्दा गर्छ, उसैलाई पुरस्कृत गर्दै हिँड्नुभएको छ, म तपाईंसँग एकदमै निराश छु ।’

जवाफमा ओलीले भने अति नै आवश्यक नियुक्तिहरू गरिएको बताएका थिए । उनले ती नियुक्तिहरू पुरानै भएको पनि बताएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को उपाध्यक्षमा इलामका लोकनाथ सुवेदी, युवा व्यवसायी तथा साना कोषको उपाध्यक्षमा खोटाङका देवराज रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा कास्कीकी दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

यी निर्णयहरू खारेज गरेर सहमतिको पालना गर्न दाहालले ओलीलाई भनेका हुन् । यद्यपि भण्डारीलाई काउन्सिलको कार्यवाहक अध्यक्ष बनाउने निर्णय भने तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।

नेकपा स्रोतका अनुसार ओलीले कार्यदल बन्नुअघि अब आइन्दा राजनीतिक नियुक्ति गर्नुपर्दा पार्टीको सहमति लिने प्रतिबद्धता जनाएका थिए । सोही आधारमा विवाद समाधानको उपाय खोज्न बनेको कार्यदलले प्रतिवेदन तयार नहुँदासम्म कुनै पनि नियुक्ति तथा विवादास्पद अभिव्यक्ति दिन नहुने निर्णय गरेको थियो । तर सहमति बनेको चार दिन नपुग्दै ओलीले एकलौटी गरेको भनेर नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

दाहाल निवास खुमलटारमा बुधबार बिहान दाहालसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचमा छलफल भएको थियो । छलफलमा दाहालले ओलीसँग मंगलबार साँझ भएको भेटबारे जानकारी गराएका थिए । अरू नेताहरूले कार्यदलले काम गरिरहेका बेला मनपरी गर्ने हो भने कार्यदलकै पो के काम भयो र भनेर सोधेका थिए । 

उनीहरूले कार्यदलले काम नसक्दासम्म कुनै पनि राजनीतिक नियुक्ति नगर्ने र गर्नैपरे पनि दाहालको टिमसँग सरसल्लाह गर्ने पूर्ववत् सहमति भंग गरेको भन्दै ओलीले सहमति नचाहेको निष्कर्ष निकालेका थिए । उनीहरूले पार्टीलाई एकताबद्ध नगर्ने र पुरानै शैलीमा अलमल मात्रै पार्ने उहाँको सोच हो भने हामीले सोच्नैपर्छ, अब पार्टीलाई अनिर्णयमा राख्न हुन्न भनेका थिए । 

उनीहरूले गुटगत पूर्वाग्रहका आधारमा गरिएका पछिल्ला राजनीतिक नियुक्ति बदर गरेर ओलीले सहमतिको पालना गर्नुपर्नेमा जोड दिएका थिए । ‘मैले ओलीजीलाई तपाईंले आफ्नो स्वभाव देखाइहाल्नुभयो, यो चालबाजी ठीक लागेको छैन भनें,’ दाहालको ब्रिफिङ सुनेका एक सचिवालय सदस्यले भने, ‘ओलीजीले पहिले नै नियुक्ति गरिएको हो भनेर आलटाल गर्न खोज्नुभयो, त्यसो भनेर कहाँ हुन्छ र ?’

मंगलबार साँझ संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूसँग पनि प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका नेताहरूले शत्रुभन्दा तल्लो दर्जामा उत्रेर काम गर्न नदिएको भन्दै गुनासो गरेका थिए । त्यो विषयमा पनि चार नेताका बीचमा गम्भीर छलफल भएको खुमलटार स्रोतले जानकारी दियो । 

सहमतिका लागि प्रयास भइरहेका बेलामा ओलीले एकता भाँड्ने काम गरेको निचोड चार नेताहरूले निकालेका हुन् । त्यसपछि प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार गएका थिए । बुधबार पनि ओलीसँग दाहालले नियुक्तिका विषयमा कुरा उठाएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।