१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सन्तान जन्माउनेलाई पुरस्कार



अ+ अ-

पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ । एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।  
गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ का नीति, कार्यक्रम र बजेटमा  स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो । सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले रु ५० हजार विनियोजन गरेको छ । 

छोराबुहारी सम्मान
यस्तै सासूससुरा एवं आमाबुबाको उचित स्याहार, पोषण र स्वास्थ्यमा ध्यान दिने छोराबुहारी पनि सम्मानित हुने भएका छन् । गाउँपालिकाले चालु आवमा प्रत्येक वडाका दुई जोडी गरी १० छोराबुहारीलाई रु पाँच हजारसहित सम्मान गर्ने भएको हो ।

गाउँपालिकाले छोराबुहारीलाई पुरस्कार प्रदान गर्दा घरका आमाबुबालाई उचित स्याहारसुसार, समयमा खानपानको व्यवस्था र  स्वास्थ्योपचारमा विशेष चासो बढ्ने गाउँपालिका उपाध्यक्ष राधा श्रेष्ठले बताए । यस्तै पूर्ण संस्थागत सुत्केरी अवस्थाको दिगोपनका लागि मातृशिशुको पोषणयुक्त खानामा रु एक हजार पाँच सय सहयोग गनिरे कार्यक्रम रहेको जनाइएको छ ।