५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

काठमाडौं उपत्यकाका कुनैपनि बैंक नखुल्ने

काठमाडौं उपत्यकाका कुनैपनि बैंक नखुल्ने
अ+ अ-

काठमाडौं । गएरातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको  छ । 

प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपछि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । 

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ ।

मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सिमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ । कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ । 

बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन । सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन ।

बौद्ध जोरपाटीबाट प्रभु बैंकको मुख्य कार्यालयमा सेवा लिन आएका बलराम श्रेष्ठले महामारीको बेला टाढाबाट आउँदा पनि सेवा नपाउँदा दुःख भएको बताउनुभयो ।

काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी साथीमार्फत पाएको उल्लेख गर्दै उहाँले सबैभन्दा नजिक पर्ने मुख्य कार्यालय भएकाले आएको बताउनुभयो ।

बैंकले कर्मचारीहरुलई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी आफूलाई दियएको उहाँले बताउनुभयो । भोली समेत कार्यालय खुल्ने नखुल्ने एकिन नभएको जानकारी आफुले पाएको उहाँले बताउनुभयो । 

प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि त्यसो नभएको संघको भनाई छ ।

प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राखेको छ ।