५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीचको विवाद अन्त्य

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीचको विवाद अन्त्य
अ+ अ-

काठमाडौं । नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीचको विवाद सहमतिमा टुंगिएको छ । रंग पत्रकार सुवेदीले एक टेलिभिजन कार्यक्रममा नायिका शर्मा प्रति लक्षित गर्दै अशिष्ट भाषाको प्रयोग गरेपछि विवाद उत्पन्न भएको थियो । 

सुवेदीको शैली प्रति असहमति जनाउँदै चलचित्रसंग सम्बन्धित ७ वटा संस्थाले आपत्ति जनाउँदै कारबाहीको माग गरेका थिए भने नायिका शर्माले प्रेस काउन्सिल लगायत विभिन्न संस्थामा उजुरी दिनुभएको थियो । यता सुवेदीले कार्यक्रम मार्फत नै पटक पटक माफी मागेका थिए । एउटै क्षेत्रमा कार्यरत दुई व्यक्ति बीचको द्वन्द्वले यस क्षेत्रमा नै असर पर्ने भन्दै सहमतिका लागि प्रयास भएको थियो ।  
 
चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा बिहीबार पूजा र प्रकाशबीच सहमति भएको हो ।  

सहमति अनुसार प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालनातर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तिमा दुबै पक्ष संवेदनशील र र सचेत रहने कुरा उल्लेख छ ।