५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्छ : जनस्वाथ्य विज्ञ डा. पाण्डे

उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्छ : जनस्वाथ्य विज्ञ डा. पाण्डे
अ+ अ-

काठमाडौं । जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभएको छ । 

उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताउनुभएको छ । बिहीबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवस्यकता देखिएको बताउनु भएको हो । 

भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तिब्रता दिनुपर्ने पनि उहाँको भनाई छ । उपत्यकाका भित्रि, बाहिरी र मूख्य सडक लगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । 

संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिले सम्म क्वारेन्टाइनको व्यवस्था नगरिएकाले तत्काल क्वारेन्टाइन केन्द्रहरु निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । धेरै जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन नबनाई बस्नुले सरकारले गम्भिर रुपमा नलिएको स्पस्ट हुने पनि डा. पाण्डेले बताउनुभयो । सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उहाको भनाई छ । 

लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न नहुने पनि डा. पाण्डेले बताउनुभयो । एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न उहाँले सुझाव दिनुभयो । १४ दिन निषेधाज्ञा हुँदा समान्य लक्षण भएका संक्रमितहरु निको भइसक्ने र लक्षण देखापरेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुने बताउनुभयो । उहाँले समुदाय स्तरमा संक्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने बताउनुभयो । 

निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भए मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्ने र मास परीक्षणमार्फत धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने बताउनुभयो । अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदाय स्तरमा पुगेर पुल प्रणालीबाट दैनिक १ लाख बढीको परीक्षण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र सोही अनुसार व्यवस्थापनको कार्य गर्न सकिने उहाँले बताउनुभयो ।  

आइसोलेसन वार्ड र आइसीयु अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उहाँको भनाई छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन समेत सुझाव दिनुभयो । काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टीलेटर, आइसियु, आइसोलेसन वार्डको संख्या बढाउनुपर्ने उहाँले बताउनुभयो । 

संक्रमण धेरै बढेको अवस्थामा सबै विरामीलाई अस्पतालमा राख्न सम्भवन नहुने भएकाले त्यसका लागि अहिले देखि नै व्यवस्था गर्नुपनेृ उहाँको भनाई छ । सबै स्थानीय तहका सबै वडामार्फत कति मान्छे आफ्नै घरमा बस्छन र कति मान्छे भाडामा बसेका छन भन्ने तथ्याङ्क लिएर सोही अनुसार आइसोलेसन केन्द्रको व्यवसथा गर्नुपर्ने उहाले बताउनुभयो । यसबाट आफ्नो घरमा बस्न सम्भव नहुनेहरुका लागि आइसोलेसन व्यवस्था गर्न सहज हुने छ । सम्बन्धित वडामा नै रहेका सरकारी भवन, पार्टीप्यालेस, होटल लगायतको ठाउँमा आइसोलेसन बेड तयार गर्ने र न्यूनतम स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । जसलाई आइसियु तथा भेन्टीलेटरमा राख्नुपर्ने विरामीलाई मात्रै अस्पताल भर्ना गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । भेन्टीलेटरमा राख्नुपर्ने संक्रमितलाई निको हुने सम्भावना कम भएकाले भेन्टीलेटरको संख्या धेरै बढाउने भन्दा आइसियु र आइसोलेसन बेड थप्ने र अक्सिजन प्लान्ट राखेर सेवा दिनुपर्ने बताउनुभयो । कोरोना संक्रमण भएको अवस्थामा सरिरमा अक्सिजनको कमि हुने भएकाले अक्सिजनको प्लान्टको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । 

विदेशमा अप्ठेरो अवस्थामा रहेका नेपालीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने काम पनि निषेधाज्ञाको अवस्थामा नै सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा क्वारेन्टाइनको व्यवस्था गरी उनीहरुलाई उद्दार नगरे ठूलो क्षति हुनसक्ने पनि उहाँले भनाई छ । भारतसँगको सीमानाबाट पनि धेरै मानिसहरु नेपालमा आउने भएकाले त्यसको व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । अब पनि तयारी पुगेको छैन भन्ने अवस्था नरहेको उहाँको तर्क छ । कुनैपनि नेपाली नेपाल आउन चाहन्छ भने त्यसको व्यवस्थापन गरी आउन दिनुपर्ने उहाँले बताउनुभयो । त्यो काम पनि निषेधाज्ञाको अवस्था भित्र नै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सबैले मास्क लगाउँदा ७० प्रतिशत संक्रमणलाई कम गर्न सकिने र मास्कसँगै भौतिक दुरीलाई कायम गर्ने हो भने संक्रमणको अवस्थालाई ९० प्रतिशत कम गर्न सकिने र हात धुने लगायतका काम गर्दा संक्रमणलाई अधिकतम रुपमा नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।