५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताउनुभएको छ । 

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उहाँले हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्न सके सङ्क्रमण फैलिन नसक्ने बताउनुभयो । 

मुख्यमन्त्री शाहीले दोस्रो चरणको सङ्क्रमण फैलिन नदिन कर्णाली प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको बताउनुभयो । “भारतबाट फर्किएकालाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ, मुलुकका विभिन्न स्थानबाट आउनेहरुको पिसिआर रिर्पोट अनिवार्य मागिएको छ”, उहाँले भन्नुभयो, “अबको मुख्य चुनौती सामान ढुवानी गर्ने व्यक्ति नै हुन्, उनीहरुसंग दैनिक पिसिआर रिर्पोट हेर्न पनि सम्भव भएन ।” उहाँले ढुवानीमा संलग्न मजदूरहरुबाट थप जोखिम निम्तिन सक्नेप्रति चिन्ता व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री शाहीले सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नभएकाले नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउँदै मास्क बिना नै हिँडडुल गरे प्रहरीले सचेतनापूर्वक पहिलोपटक मास्क वितरण गर्ने बताउनुभयो । “यदि दोस्रोपटक पनि तिनै व्यक्ति मास्क बिनै बाहिर निस्केको पाइएमा कानून अनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “कोरोनाबाट जोगिने मुख्य हतियार भनेकै मास्क हो, मास्क लगाउन, भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरे कोरोनाबाट सुरक्षित रहन सकिन्न ।”

सहिदका सपना पूरा गर्छौं 
मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत भएकाहरुको सपना पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । “सहिदकै कारण कर्णाली प्रदेश स्थापना भएको छ”, उहाँले भन्नुभयो, “हाम्रो प्रदेश आन्दोलनबाटै बनेको हो, त्यसैले आज प्रदेश स्थापना दिवस मनाउँदैछौं ।” उहाँले सहिद परिवारका माग क्रमशः सरकारले पूरा गर्दै आएको प्रष्ट पार्नुभयो । 

“प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना तथा सहिद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको सर्वविदितै छ,” उहाँले भन्नुभयो, “कोरोनाले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था हाम्रा सामू छैन, त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रम गर्न सबैमा आग्रह गर्दछु ।” 

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ४ अर्थात् आजकै दिनलाई प्रदेश स्थापना तथा सहिद दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । 

२०७२ साल साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर वीसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले सहादत प्राप्त गर्नुभएको थियो । तत्कालिन सरकारले मृतकलाई सहिद घोषणा गर्नुका साथै अलग प्रदेश स्थापनाको माग पूरा गरेपछि आन्दोलन स्थगित भएको थियो । कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो । 

भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि २०७२ भदौ ४ गते प्रमुख राजनीतिक दलबीच प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरावलोकन गर्न बाध्य भएका थिए । अन्ततः ७ प्रदेशसहितको सङ्घीय संरचना निर्माण गर्ने समझदारी अनुरुप साबिक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम ९पश्चिम भाग० समेटेर ६ नम्बर प्रदेश घोषणा भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ ।