२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गयो’



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घले ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन र महिलाः अवसर र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले महिला आन्दोलन कमजोर बनेकाले राजनीतिक दलका महिला सङ्गठनले साझा ‘एजेन्डा’ बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले उत्पादनशील काम नहुँदा युवा विदेश पलायन भएको धारणा राख्दै युवाको विदेश पलायन र तीव्र बसाइँसराइ हुनुमा राजनीतिक दलका घोषणापत्र पनि जिम्मेवार रहेका जिकिर गर्नुुभयो । युवा विदेश पलायन हुँदा गाउँ शून्य भएका र त्यसको प्रत्यक्ष असर महिलालाई परेको उहाँको भनाइ थियो ।

उपाध्यक्ष शाक्यले मुलुक गणतन्त्रको दिशामा धेरै अघि बढिसकेकाले लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक दललाई निस्तेज पार्ने र निरङ्कुशता फर्किने कुरा सम्भव नभएको बताउनुभयो ।

एमालेका सचिव पद्मा अर्यालले महिला आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको प्रयासले मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

अनेमसङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला आन्दोलनलाई कमजोर पार्ने कोसिस भइरहेकाले सबै राजनीतिक दलका महिला सङ्गठन सचेत हुनुपर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रियः नीतिगत पैरवीका सवाल र सम्भावना विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै, अनेमसङ्घका उपाध्यक्ष डा विमला राई पौडेलले जलवायु परिवर्तन र महिलाः प्रभाव, अवसर र जनप्रतिनिधि, महिला सङ्गठनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अनेमसङ्घका प्रचार उपप्रमुख सिर्जना आचार्यले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीय तहबाट हुनसक्ने पहलका विषयमा सुझाव दिइएको बताउनुभयो । रासस