२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको हो ।

आज तीन सय १५ कम्पनीको दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयर एक लाख १२ हजार तीन सय ४७ पटक खरिद बिक्री हुँदा रू १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव ३६, विकास बैंक एक दशमलव ७१, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् एक दशमलव ६६ र लगानी दुई दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ७४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त एक दशमलव ५८, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बिमा एक दशमलव २६, व्यापार शून्य दशमलव ८१ र अन्य समूह दुई दशमलव ६९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र आइसीएफसी फाइनान्स लिमिडेड डिभेञ्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब १२ करोड ४८ लाख ४९ हजार नौ सय ६४ बराबरको १० लाख ६२ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएको छ ।