१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
Village male residents pray during the funeral of four Syrian security force members killed in clashes with loyalists of ousted President Bashar Assad in coastal Syria, in the village of Al-Janoudiya, west of Idlib, Saturday, March 8, 2025. (AP Photo/Omar Albam)
अ अ+ अ-

एजेन्सी । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।

यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।

असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।

सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।

सुन्नी र अलावीबीच प्रतिशोधात्मक हत्याहरू

असदको अल्पसङ्ख्यक अलावी सम्प्रदायका सदस्यहरू विरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्या पूर्व सरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल–शामका लागि ठूलो धक्का हो । अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए ।

अलावी गाउँ र सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए । सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए ।

उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे । हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए ।

बासिन्दाहरूको एउटा सहरमा अत्याचारको कुरा

हिंसाबाट सबैभन्दा बढी प्रभावित बानियास सहरका बासिन्दाहरूले सडकहरूमा लाशहरू छरिएका वा घरहरू र भवनहरूको छतमा गाडिन नपाएका अवस्थामा छोडिएको र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताए । एक बासिन्दाका अनुसार बन्दुकधारीहरूले बासिन्दाहरूलाई शुक्रबार नजिकबाट मारिएका आफ्ना पाँच छिमेकीको शव हटाउन घन्टौँसम्म रोकेका थिए ।

परिवार र छिमेकीहरूसँग शुक्रबार हिंसा फैलिएको केही घण्टापछि भागेका बानियासका ५७ वर्षीय बासिन्दा अली शेहाले अलावीहरू बस्ने बानियासको एक क्षेत्रमा उहाँका कम्तीमा २० छिमेकी र सहकर्मी मारिएको र तीमध्ये केही आफ्नै पसलमा वा घरमा मारिएको बताउनुभयो ।

शेहाले यी आक्रमणलाई असद सरकारले गरेका अपराधहरूका लागि अलावी अल्पसङ्ख्यकको ‘प्रतिशोधात्मक हत्या’ भन्नुभयो । अन्य बासिन्दाले बन्दुकधारीहरूमा विदेशी लडाकूहरू र छिमेकी गाउँ र सहरका उग्रवादीहरू रहेको बताए ।

“यो निकै नराम्रो थियो । शवहरू सडकमा थिए”, सहरबाट करिब २० किलोमिटर टाढाबाट फोनमा कुरा गर्दै शेहाले भन्नुभयो । उहाँका अनुसार बन्दुकधारीहरू उहाँको अपार्टमेन्ट भवनबाट एक सय मिटरभन्दा कममा भेला भएका थिए ।

कम्तीमा एक घटनामा उहाँलाई थाहा भएअनुसार बासिन्दाहरूलाई उनीहरूको धर्म र सम्प्रदाय जाँच गर्न परिचयपत्र माग्दै थिए अनि त्यसपछि उनीहरूलाई मार्दै थिए । उहाँले बन्दुकधारीहरूले केही घरमा आगो लगाएको र कारहरू चोरेर घरहरू लुटेको बताउनुभयो ।

मृत्यु सङ्ख्या बढ्दो

अब्जर्भेटरीका प्रमुख रामी अब्दुरहमानले प्रतिशोधात्मक हत्याहरू शनिबार बिहानै रोकिएको बताउनुभयो ।

“यो सिरियाली द्वन्द्वको दौरानमा भएको सबैभन्दा ठूलो नरसंहारमध्ये एक थियो”, अब्दुरहमानले अलावी नागरिकहरूको हत्याबारे भन्नुभयो ।

समूहले पहिले दिएको आँकडाअनुसार छ सयभन्दा बढीको मृत्यु भएको थियो । कुनै आधिकारिक आँकडा जारी गरिएको छैन ।

सिरियाको तटीय क्षेत्रमा भएको झडपमा मारिएका चार सिरियाली सुरक्षा बल सदस्यका लागि शनिबार दिउँसो उत्तरपश्चिमी गाउँ अल–जानौदिया मा अन्त्येष्टि गरियो । धेरै मानिसले अन्त्येष्टिमा भाग लिएका थिए ।

सिरियाली सेनाले नियन्त्रण पुनः प्राप्त गरेको आधिकारिक रिपोर्टले जनाएको छ ।

सिरियाको सरकारी समाचार एजेन्सीले रक्षा मन्त्रालयका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै सरकारी सेनाले असदका वफादारहरूबाट धेरै क्षेत्रहरू पुनः नियन्त्रण गरेको बताएको छ । अधिकारीहरूले ‘उल्लङ्घनहरू रोक्न र बिस्तारै स्थिरता पुनःस्थापना गर्न’ तटीय क्षेत्रतर्फ जाने सबै सडकहरू बन्द गरेका छन् ।

शनिबार बिहान केन्द्रीय गाउँ तुवायममा अघिल्लो दिन प्रतिशोधात्मक आक्रमणमा मारिएका ३१ जनाको शव एक सामूहिक चिहानमा गाडिएको बासिन्दाहरूले बताएका छन् । मारिएकाहरूमा नौ बालबालिका र चार महिला सम्मिलित थिए ।

संसद्मा अलावी सम्प्रदायलाई छुट्टयाइएको दुई सिटमध्ये एउटा ओगटेका लेबनानी विधायक हैदर नासेरले मानिसहरू सुरक्षाका लागि सिरियाबाट लेबनानतर्फ भागिरहेको बताउनुभयो । आफूसँग यथार्थ सङ्ख्या नभएको उहाँले बताउनुभयो ।

नासेरका अनुसार धेरै मानिस सिरियाको हमेइमिममा रहेको रूसी वायु अड्डामा आश्रय लिइरहेका छन् । उहाँले अन्तर्राष्ट्रिय समुदायले आफ्नो देशप्रति वफादार सिरियाली नागरिक अलावीहरूको सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले असदको पतनपछि धेरै अलावीलाई उनीहरूको कामबाट निकालिएको र नयाँ अधिकारीहरूसँग मेलमिलाप गरेका केही पूर्व सैनिकहरू मारिएको बताउनुभयो ।

असदको शासनकालमा अलावीहरूले सेना र सुरक्षा एजेन्सीहरूमा उच्च पद ओगटेका थिए । नयाँ सरकारले पछिल्ला केही हप्तामा देशको नयाँ सुरक्षा बल विरुद्धको आक्रमणका लागि उनका समर्थकहरूलाई दोष दिएको छ ।

फ्रान्सले सिरियामा हालै भएको हिंसामाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । पेरिसको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “धर्मका आधारमा नागरिकहरू र कैदीहरूमाथि हुने अत्याचारको कडा शब्दमा निन्दा गर्दछ ।”

फ्रान्सले सिरियाली अन्तरिम अधिकारीहरूलाई ‘यी अपराधहरूमा पूर्ण प्रकाश पार्ने’ स्वतन्त्र अनुसन्धान सुनिश्चित गर्न आग्रह गरेको छ ।

अब्जर्भेटरीका अनुसार सरकारी सेनाले तटीय सहर जाब्लेह नजिकै एक वाञ्छित व्यक्तिलाई हिरासतमा लिने प्रयास गर्दा र असदका वफादारहरूले आक्रमण गर्दा हालैका झडपहरू सुरु भयो ।