२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको उपत्यका अध्यक्षमा पौडेल



अ+ अ-

काठमाडौँ । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएकी हुन् ।

यस्तै, दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन् ।

प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भएका छन् भने सदस्यहरु ज्योति जीसी, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडी छन् ।