८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता
अ+ अ-

काठमाडौँ। भारत भ्रमणमा रहनुभएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएकोे मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले राससलाई जानकारी दिनुभयो । सो अवसरमा मन्त्री शाहीले दुई देश बिच घनिष्ट सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालको विकास र विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले भारतमा जस्तै नेपालमा पनि वन क्षेत्र र वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो । उहाँहरुबीच जैविक विविधता संरक्षणमा सहकार्य गर्न द्विपक्षीय सम्झौता गर्न सकिने बारेमा छलफल भएको थियो । मन्त्री शाहीले रक्तचन्दन व्यवस्थापनका लागि सहयोग र सहकार्य गर्न चाहेको तथा दक्षिण एसियामा वायु प्रदूषण साझा समस्याका रुपमा रहेकाले कुनै साझा कार्यक्रम वा परियोजना बनाएर काम गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायलाई ध्यानाकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ बिषयमा आयोजना गर्न लागेकोे सगरमाथा संवाद कार्यक्रममा औपचारिक निमन्त्रणा गरिने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गर्नुभयो ।

भेटमा दुई देशका उच्च अधिकारीको सहभागिता थियो । ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गर्नुभएका मन्त्री शाही फागुन २४ गते स्वदेश फर्कने तालिका छ । रासस