२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख खापुङ समक्ष दलित आयोग प्रतिवेदन बुझाइयो



फाईल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष राष्ट्रिय दलित आयोगले आज यहाँ चौथो बार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगका सदस्य टुन्जे कामी (बराइली)ले आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङ्गलाई बुझाउनुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै मुलुकलाई एकतावद्ध राख्न समाजमा कुनै पनि नागरिक माथि भेदभाव गर्न नहुने बताउनुभयो । उहाँले दलित माथि भएको भेदभाव राष्ट्रिय समस्या भएको चर्चा गर्दै मुलुकका सबै जातजाति, समुदाय, भाषाभाषी र सबै खालका पहिचानलाईसँगै लगेर देश बलियो बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङ्गले आयोगले पेश गरेको प्रतिवेदन प्रदेश सभामा व्यापक छलफल गरी कार्यान्वयन गर्न आफु सजग भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । आयोगका सदस्य बराइलीले सिङ्गो सरकार दलितमैत्री भएमा समाजबाट छुवाछुत र भेदभाव अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो । रासस