२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा आज यहाँ ओयाजित कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको संरक्षणमा कुनै प्रकारको बन्देज नलगाइने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो, कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्ने छैन, प्रेस स्वतन्त्रताप्रति मेरो प्रतिबद्धता छ ।” उहाँले आर्थिक नीतिहरूलाई सुधार गर्दै नयाँ अवसरहरूको खोजीमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औँल्याउँदै संसदमा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोबारे आफू जानकार रहेको बताउनुभयो ।

साधारण सभाले रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । उपाध्यक्षमा डिल्लीप्रसाद सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंक कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा र सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल, डिआर आचार्य, मनोज थापा र गीता भुसाललाई चयन गरेको छ ।

इमानले ‘इमान विशेष सम्मान’ बाट न्यू बिजनेश एजका अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधानसम्पादक मदन लम्साललाई सम्मान गरेको छ । रासस