९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी



अ+ अ-

भारत । भारतमा कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढि पुगेको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार १ सय १ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ द्वारा संक्रमित छन् । यहाँ कोरोनाका एक्टिभ केस ७ लाख ६ हजार १ सय ३८ रहेका छन् ।

भारतमा कोरोनाले सबैभन्दा धेरै महाराष्ट्रलाई प्रभावित पारेको छ । यहाँ ६ लाख ७१ हजार ९ सय ४२ संक्रमित छन् भने २१ हजार ९ सय ९५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा राज्यमा कोरोनाका १४ हजार ४ सय ९२ नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७ को मृत्यु भएको छ ।