१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मधेसमा बिना दर्ता सञ्चालित २० वटा अस्पताल बन्द

मधेसमा बिना दर्ता सञ्चालित २० वटा अस्पताल बन्द
अ अ+ अ-

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लागाउनु भयो । उहाँले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गर्नुभयो । मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उहाँको भनाइ छ । उहाँले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सार्वजनिक रुपमा काम गर्दै जाँदा प्रश्नको कुरै आउँदैन । यो सार्वजनिक जनहितको कुरा हो । यसमा धेरै प्रेसर आउँछ, यो नगरी दिनुहोस् त्यो नगरी दिनुस् भनेर तर यो बेथिति आज न भोलि कसैले त अगाडि बढ्नैपर्छ । हामीले आँट गरेर अगाडि बढेका छौँ । काम गर्दै जाँदा विभिन्न किसिमका तत्वहरु कुरा निकाल्छ । मलाई डिमोनलाइज्ड गर्न खोज्छ, यो बाटोबाट भट्काउन खोज्छ विभिन्न किसिमका थ्रेटहरु हुन्छ । तथापि त्यसलाई यसलाई छोड्यो भने भोलिका दिनमा अर्कै कुरा निस्किन्छ । त्यसैले यो निरन्तर जारी रहन्छ । चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो जुन त्यही दिन बन्द गयौँ र एउटा मात्र सञ्चालन भयो । अब यो २० जना त मेरो पछाडि खनिएर लाग्छ । तर उनीहरुले जे जे भन्नु छ भनोस्, जबसम्म कन्ट्रोल हुँदैन तबसम्म यो अभियान रोकिँदैन । खास गरी के हुन्छ भने विगतका सरकारको यो ड्युटी थियो । हरेक स्वास्थ्यमन्त्री बनेको छ, संघीयता आइसकेपछि स्वास्थ्यमन्त्री होस् वा मुख्यमन्त्री होस् यो आफ्नो प्रदेशमा भएका बेथितिलाई कन्ट्रोल गर्न सबैको दायित्व र कर्तव्य हो । अरुले गरेन भनेर म पनि नगरी तलब भत्ता पचाउ भनेर मेन्टालिटी भएन । तर यसको पछाडी धेरै थ्रेट छ । सायद थ्रेड एनालाइसिस गरेर थ्रेडलाई झेल्न नसकेर पनि उहाँहरुले काम नगरेको होला ।’

मुख्यमन्त्री सिंहले मधेस प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताउनु भयो । बिना मापदण्ड खोलिएका अस्पतालहरुमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उहाँको भनाइ छ । उहाँले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरुले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अप्रेसन गर्छ विथआउट एनेस्थेसिया डाक्टरको । सिक्नेचर हुन्छ तर डाक्टर हुँदैन । दुई तीन महिना ट्रनिङ लिएको भरमा अप्रेसन गर्छ । मान्छेको ज्यानसँग प्रत्यक्ष खेलबाड भयो । न त कुनै मापदण्ड छ न त अनुगमन । यस्तो बिसौँ वर्षदेखि यस्तै छ । यस्तो सम्म भयो कि एम्बुलेन्सका चालकहरु मिलेर पनि अस्पताल खोलेका छन् । अनमि र अहेब पढेको छ जागिर कतै पाएन, दुई चार जना मिलेर अस्पताल खोलेका छन् दुई चारवटा कोठा भाडामा लिएर । खोज्दै जाँदा यस्तो पनि भेटियो कि डाक्टरको एनएमसी नम्बर राखेको हुन्छ तर त्यो फेक डाक्टर हुन्छ, अर्कैको एनएमसी नम्बर युज गरेको हुन्छ ।’

मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको बताउनु भयो । उहाँले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसईई परीक्षामा कतै चिट भेटिए केन्द्रध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताउनु भयो ।