१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आ.व. ०८१/०८२ का लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु. २ हजार ८ सय

आ.व. ०८१/०८२ का लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु. २ हजार ८ सय
अ अ+ अ-

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ ।

फागुन २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्युनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजनकि गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले यही चैत्र ५ देखि ६,२०८१ (तदनुसार १८–१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिशन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेशन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको बताउनु भयो । सरकारले नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौं तहका डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् सरकारका निर्णयहरुः

२०८१ साल चैत्र २६ देखि २७ (तदनुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने एन्टी करप्शन ग्लोवल फोरम मा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जयबहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने ।

पाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गते देखि २१ (तदनुसार ३ देखि ५ मार्च, २०२५) गतेसम्म आयोजना हुने एशिया पयासिफिक रेजिनल प्रिपार्टरी मिटिङ फर द टुएण्ड युनाइडेड नेसन्स फुड सिस्टम समिट स्टकटेकिङ मुमेन्ट (युएनएफएसएस+४) कार्यकममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. आर.पि. विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

सम्माननीय प्रधानमन्त्रीज्युको मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा श्री अग्नि प्रसाद खरेल, झापालाई नियुक्त गर्ने ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।

आर्थिक तथा व्यावसायिक बाताबरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।

चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल रु. २,८००।६९ न्युनतम समर्थन मूल्य तोक्ने ।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुत आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने ।

यही चैत्र ५ देखि ६,२०८१ (तदनुसार १८–१९ मार्च, २०२५। सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिशन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेशन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री माननीय दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिन भित्र सफाई पेश गर्न मौका दिने। सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्राचार गर्ने ।

नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई मिति २०८१/११/१८ देखि लागू हुनेगरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने ।
सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने ।

२०८१ फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (ऋक्ध्) को ६९ औं सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

मिति २०८१ फागुन २९ । तदनुसार १३ मार्च, २०२५) मा बेलायतको लण्डनमा आयोजना हुने मिनिस्ट्रियल राउण्डटेबल इभेण्ट अन ट्याक्लिङ वाटर सेक्युरिटी एक्रोस द क्लाइमेट नेचर डेभलपमेण्ट नेक्स कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।

सहसचिव श्री वीरेन्द्रकुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति), महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्गित विशिष्ट श्रेणीको रिक्त पदमा मधेस प्रदेशका कायममुकायम प्रमुख सचिव श्री मदन भुजेललाई बढुवा गरी मधेश प्रदेशमा पदस्थापन गर्ने ।

नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौं तहका डा. विकास देवकोटालाई बढुवा गर्ने ।
राजपत्राङ्गित विशिष्ट श्रेणीका सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा र लोकनाथ पौड्याललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने ।