६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

थारु बस्ती : घरघरमा ‘अट्वारी पर्व’

थारु बस्ती : घरघरमा ‘अट्वारी पर्व’
अ+ अ-

महेन्द्रनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् ।

दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान धार्मिक चाड हरितालिका तीजपछिको शनिबार मध्यरातिमा दर ९भिन्सर्या० खाएर थारू समुदायको विधिवत रूपमा शुरुआत हुने गरेको छ । अट्वारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण जिल्लामा निशेधाज्ञा जारी गरिएको भएपनि थारु बस्तीका घर–घरमा अट्वारी मनाइरहेको उहाँले बताउनुभयो । “यो कुनै जमघट गरेर मनाइने पर्व होइन” उहाँले भन्नुभयो–“घरमै मनाइने भएकाले केही फरक पर्दैन ।” उपप्रमुख चौधरीले लामो समयदेखि थारु समुदायले मनाउँदै आएको अटवारी पर्व युवा पुस्ताले पनि आत्मसाथ गरेको बताउनुभयो ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । अर्कोथरि मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । 
भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरीमाथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए ।
 
त्यसैगरी महेन्द्रनगरका बेदप्रकाश चौधरीले अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिएको प्रति आभार प्रकट गर्नुभयो । “थारु कला संस्कृति जगेर्ना गर्न पनि सरकारले सहयोग गर्नुपर्छ ।” चौधरीले भन्नुभयो, “पुराना रीतिरिवाज धार्मिक र पर्यटकीय रुपले पनि जोगाइराख्न आवश्यक हुन्छ ।”

दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । 

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारको दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो ।“यो हाम्रो माघीपछिको दोस्रो ठूलो पर्व हो ।” चौधरीले भन्नुभयो–“दशौं पुस्तादेखि अट्वारी पर्व मनाउँदै आएका छौं ।” आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । 

वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ । 

अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ । 

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ । 

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।