१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको चुनावमा पनि सत्ता र प्रतिपक्षबीच गठबन्धन



अ+ अ-

काठमाडौँ । कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदै छ ।

दलनिकट कानुन व्यवसायीहरू प्यानल बनाएर चुनावमा होमिँदै छन् । यसैबीच, सत्तारुढ दल कांग्रेस र एमालेनिकट कानुन व्यवसायीहरू गठबन्धन गरी चुनावमा जाने भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलए बारका पूर्वमहासचिव विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने भएका छन् । बाँकी उम्मेदवारको पनि भागवण्डा गरिने छ ।

कांग्रेस र एमालेले गठबन्धन गर्दा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र राप्रपालगायतका विपक्षी दलहरू पनि एकजुट भएका छन् । माओवादी केन्द्रनिकट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

उपाध्यक्षका उम्मेदवार नेकपा एसबाट बन्ने बताइएको छ । यस्तै, महासचिवमा रास्वपानिकट यज्ञमणि न्यौपाने उम्मेदवार बनेका छन् । आगामी २३ चैतमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।

यसअगाडि भएको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।