२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु



अ+ अ-

भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव। प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु। एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो ।

पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्धेश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाईसमेत गरिएको छ । सार्वजनिक सुनुवाईमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।

यो पदमार्गलाई थप व्यवस्थित बनाउनको लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनः निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक सौचालय, दुई वटा रात्री विश्राम स्थल, एक वटा खानेपानी धारा निर्माण गरिने उहाँको भनाइ छ ।
“तीन वटा सरकार र स्वीस सरकारको लागत साझेदारीमा मुन्दुम पदमार्गको थप विस्तारसँगै पुनःनिर्माण थालिएको छ”प्रशासकीय अधिकृत दाहालले भन्नुभयो,“यहाँ पर्यटकलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै थप संरचनाहरु बन्ने छन् । यो निर्माण अवधि आगमी असार महिनासम्म रहेको छ ।” पदमार्गको निर्माण तथा पुनः निर्माणको लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो । पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रितिरिवाजको जर्गेनासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उहाँको भनाइ छ ।

“मुन्दुम पदमार्ग हाम्रो गौरवको योजना हो” उहाँले भन्नुभयो,“यहाँ जतिपनि काम भइरहेका छन् यसले यहाँको विकास र समृद्धिलाई जोडेको छ । हामीले कृषि र पर्यटनलाई प्राथिमिकतामा राखेर आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ काम बढाइरहेको छौँ ।”मुन्दुम मदमार्गमा आउने पदयात्रीहरुको सहज र सुरक्षित यात्राको लागि गाउँपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । पदमार्गलाई थप व्यवस्थित बनाउदै स्थानीयको रोजगारी र जीविकोपार्जनसँग जोड्ने काम भइरहेको उहाँको भनाइ छ । मुन्दुम भ्रमण वर्ष सन् २०२५ घोषणा गरेर यसको प्रचारप्रसारसँगै विकासको काम भईरहेको उपाध्यक्ष राईले बताउनुभयो । “मुन्दुम पदमार्ग पूर्वको स्थापित गन्तव्यको रुपमा विकास भइरहेको छ”उहाँले भन्नुभयो,“पदमार्ग विस्तार भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढिरहेको छ । पर्यटकको सहज, सरल, सुरक्षित र आरामदायी यात्राको लागि हामीले योजनाबद्ध रुपम काम गरिरहेका छौँ ।”

मुन्दुम पदमार्ग एक मात्र भर्जिन पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलापलाई रोक्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भईरहेको उहाँको भनाइ छ ।
“मुन्दुम पदमार्ग एक भर्जिन पदमार्ग हो”अध्यक्ष राईले भन्नुभयो“नेपालमा सायदै यस्ता स्थानहरु कमै मात्र छन् । सडक विस्तारका कारण यस्ता क्षेत्रहरुमा क्षति पुगेको अवस्था छ । पदमार्ग क्षेत्रको संरक्षणको लागि हामीले गम्भिर बन्न आवश्यक छ । एक करोड लागतमा भईरहेको पहिलो चरणको काम सम्पन्न भएपश्चात यहि आर्थिक वर्षमा सम्पन्न हुने गरी दोश्रो चरणमा रु।८५ लाख बराबरको निर्माणको काम हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नविनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भईरहेको परियोजनाकी सामाजिक सुरक्षा अधिकृत पार्वती राणाले बताउनुभयो । पर्यटनमार्फत यहाँका समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने खालका क्रियाकलाप सञ्चालन हुने उहाँको भनाइ छ । पदमार्गमा रहेका होटल व्यावसायिकहरुको क्षमता अभिवृद्धिसँगै पाहुनालाई दिने सेवा तथा व्यवहारको विषयमा तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन हुने अधिकृत राणाको भनाइ छ ।

यो पदमार्ग क्षेत्रमा टेम्केमैयुङ गाउँपालिकाका एक सय सात जनाले काम गरिरहेको निर्माण उपभोक्ता समितिको अध्यक्ष रहिम राईले जानकारी दिनुभयो । पदमार्ग निर्माणले पर्यटनको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना भईरहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रमा छ वटा समुह निर्माण गरेर विभिन्न स्थानमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । –